सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

फोटोनको नयाँ विद्युतीय माइक्रो बस सार्वजनिक

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस १७ २०८०
फोटोनको नयाँ विद्युतीय माइक्रो बस सार्वजनिक

कम्पनीका अनुसार १५ सिटर ईभी भ्यानको मूल्य ५७ लाख रुपैयाँ तोकिएको छ।

काठमाडौं- चिनियाँ सवारी उत्पादक फोटोनको नयाँ विद्युतीय माइक्रो बस सार्वजनिक गरेको छ। कम्पनीले सोमबार बालकुमारी स्थित शोरुमबाट नयाँ विद्युतीय माइक्रो बस सार्वजनिक गरेको हो। 

फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले १४ र १५ सिट क्षमताका ‘हाई रुफ’ विद्युतीय भ्यान सार्वजनिक गरेको हो। कम्पनीका अनुसार १५ सिटर ईभी भ्यानको मूल्य ५७ लाख रुपैयाँ तोकिएको छ। 

नेपाल आएका फोटोनका भ्यानहरु युरोपियन मापदण्ड पुरा गरेको कम्पनीको भनाइ छ। यी विद्युतीय भ्यानमा ५ वर्ष वा ३ लाख किलोमिटर वारेन्टी दिइएको छ। ५०.२३ किलोवाट आवरको ब्याट्री प्याक रहेको यो भ्यानमा ८५ किलोवाटको मोटर जडान गरिएको छ। 

फोटोन नेपालका सेल्ड हेड नवीन आचार्यले फोटोन हाई रुफ ईभी भ्यान यो सेग्मेन्टकै उन्नत प्रविधिका लागिमात्र नभइ यसको विशाल इन्टेरियरका कारण चालक र यात्रु दुवैका लागि अतुलनीय आरामको सुनिश्चिततामा पनि विशिष्ट रहेको बताए। यसको कम मर्मत खर्चले सवारी धनीलाई थप बचत गर्न सघाउने आचार्यको भनाइ छ।

फोटोनको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले फोटोन गाडी निर्मातामात्र नभइ लगातार नयाँ प्रविधिसँग अद्यावधिक रहने इनोभेसनको आर्किटेक्ट रहेको बताए। फोटोनले विद्युतीय सवारी चार्जिङ स्टेसनहरूमा पनि लगानी गरिरहेको अग्रवालको भनाइ छ।

१ सय ३० भन्दा बढी देशमा फोटोनका पेट्रोल र डिजेल सवारीसाधानदेखि अत्याधुनिक ईभी, हाइड्रोजनलगात गाडी कुदिरहेका छन्। आटोमोबाइल उद्योगका कमिन्स, जेडएफ, बेन्ज र पियाजोंसँगको सहकार्यमा फोटोनले विश्वव्यापी उत्कृष्टताको विरासत जारी राखेको छ। 


प्रकाशित : मंगलबार, पुस १७ २०८०१३:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend