बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

युरोप पठाइदिने भन्दै १९ लाख ठगी गर्ने मेनपावर सञ्चालक पक्राउ

images
मंगलबार, पुस १७ २०८०
images
युरोप पठाइदिने भन्दै १९ लाख ठगी गर्ने मेनपावर सञ्चालक पक्राउ

पक्राउ परेका मेनपावर सञ्चालक जयराम पौडेललाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ।

images
images

काठमाडौं- आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने जनाउँदै १९ लाख ६० हजार रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ।

images
images
images

पक्राउ पर्नेमा मार्स नामक मेनपावरका सञ्चालक काभ्रेको पनौती नगरपालिका-१ का ४१ वर्षीय जयराम पौडेल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

images
images

उनका अनुसार पक्राउ परेका पौडेलले पदमकुमारी श्रेष्ठसहित दुई जनालाई वैदेशिक रोजगारीको लागि युरोप पठाइदिने र त्यसको लागि  बीस लाख रूपैयाँ लाग्ने प्रलोभन देखाएका थिए। पक्राउ परेका पौडेले युरोप पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाई तीन लाख भन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाएर प्रलोभनमा पारी निज पीडितबाट पटक-पटक गरी जम्मा १९ लाख ६० हजार रूपैयाँ ठगी गरेको जनाइएको छ।

images
images

पक्राउ परेका पौडेललाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए। आकर्षक तलबमा विदेश पठाइदिन्छु भनेकै भरमा कसैलाई पनि रकम नदिन पनि प्रहरीले आग्रह गरेको छ। रासस


प्रकाशित : मंगलबार, पुस १७ २०८०१२:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend