सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

तोलामा पाँचसय रूपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार, पुस १७ २०८०
तोलामा पाँचसय रूपैयाँले बढ्यो सुनको मूल्य

चाँदी आज प्रतितोला एक हजार चार सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

काठमाडौं- मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। आइतबार तोलामा दुई सय रूपैयाँले घटेर सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार प्रतितोला पाँच सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख २१ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २० हजार चार सय रूपैयाँ कायम छ।

यो साता दुई दिन लगातार स्थिर रहेको चाँदीको मूल्य आज प्रतितोला पाँच रूपैयाँले बढेको छ। चाँदी आज प्रतितोला एक हजार चार सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 


प्रकाशित : मंगलबार, पुस १७ २०८०११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend