बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

आयातको फर्जी बिल बनाएर सम्पत्ति शुद्धीकरण गर्ने दुईजना दोषी ठहर

images
सोमबार, पुस १६ २०८०
images
आयातको फर्जी बिल बनाएर सम्पत्ति शुद्धीकरण गर्ने दुईजना दोषी ठहर

जयसवालले गर्दै नगरेको आयातलाई आयात गरेको देखाएर सम्पत्ति शुद्धीकरण गरेका थिए। यसमा बैंकका कर्मचारीको पनि सहयोग थियो।

images
images

काठमाडौं- आलु र प्याज आयातको फर्जी बिल बनाएर सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा एक जना भारतीयसहित दुई जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ। 

images
images
images

अदालतले प्रमोदकुमार जयसवाल र पप्पु ठाकुरलाई दोषी ठहर गर्दै दण्ड जरिवाना निर्धारण गरेको छ। जयसवाललाई विगो र जरिवानासहित ८३ करोड ३ लाख र पप्पु ठाकुरलाई ७ करोड ३४ लाख जरिवाना तोकिएको छ। त्यस्तै जयसवाललाई ८ वर्ष र ठाकुरलाई ५ वर्ष कैद सजाय निर्धारण गरिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।

images
images

यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले वित्तीय जानकारी ईकाइको सूचनाको आधारमा अनुसन्धान गरी मुद्दा दर्ता गराएको थियो। 

images
images

विभागले पाँच जनाविरुद्ध मुद्दा दायर गरेको थियो। दुई बैंकका तीन जना कर्मचारीसहित पाँच जनाविरुद्ध मुद्दा दायर भएको थियो। त्यसमा अदालतले भने तीन जनालाई सफाइ दिएको छ। 

भारतीय नागरिक रहेका जयसवालले नेपालमा ट्रेडिङ फर्म स्थापना गरी अस्वाभाविक कारोबार गरेका थिए। अस्वाभाविक कारोबार देखिएपछि वित्तीय जानकारी इकाईले विभागलाई सूचना दिएको थियो। 

जयसवालले गर्दै नगरेको आयातलाई आयात गरेको देखाएर सम्पत्ति शुद्धीकरण गरेका थिए। यसमा बैंकका कर्मचारीको पनि सहयोग थियो। 

 


प्रकाशित : सोमबार, पुस १६ २०८०१६:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend