सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो 'हुन्डाई न्यु इयर डिलाइट २०२४' योजना

सोमबार, पुस १६ २०८०
लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो 'हुन्डाई न्यु इयर डिलाइट २०२४' योजना

यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन्।

काठमाडौं- हुन्डाई अटोमोबाइल्सको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै 'हुन्डाई न्यु इयर डिलाइट २०२४' योजना सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार यो ग्राहकमुखी योजना यही पुस १६ देखि नेपाल भरिका सबै शोरुममा सुरु भएको छ। यस योजनाअन्तर्गत ग्राहकहरुले ५ लाखसम्मको आकर्षक नगद छुट, विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहनस्वरुप ५० हजारसम्मको गो-ग्रीन बोनसका साथै गाडीको मोडल इयरको आधारमा ५ लाखसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन्। सबै हुन्डाई आईसीई गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ र ईभी गाडीको ब्याट्रीमा ८ वर्ष र मोटरमा २ वर्ष वारेन्टी उपलब्ध हुनेछन्।

यस स्किमबाट हुन्डाईको कुनैपनि ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी तथा ईभी गाडी खरिद गरी फाइदा लिन सकिनेछ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु र ४३ भन्दा बढी चार्जिङ पोइन्टहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ।

हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ। लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ।


प्रकाशित : सोमबार, पुस १६ २०८०१५:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend