शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सन् २०२३ मा भित्रिए १० लाख १५ हजार विदेशी पर्यटक

काेभिडपछिकाे रिकभरी ८५ प्रतिशत पुग्याे

सोमबार, पुस १६ २०८०
सन् २०२३ मा भित्रिए १० लाख १५ हजार विदेशी पर्यटक

सन् २०२३ को डिसेम्बरमा मात्रै ९६ हजार ५ सय ६६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्।

काडमाडौं- कोभिडका कारण शिथिल भएको पर्यटन क्षेत्र लयमा फर्किएको नेपाल आउने पर्यटक संख्या तथा अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्याले देखाएको छ। २०२० मा कोभिड महामारीसँगै नेपाल भ्रमणमा आउने पर्यटको संख्या  घटेको थियो। सन् २०२० पछि नेपालमा पहिलोपटक १० लाखभन्दा बढी पर्यटक भ्रमणमा आएका हुन्।

नेपाल पर्यटन बोर्डका निर्दशक मणी लामिछानेका अनुसार सन् २०२३ मा १० लाख १४ हजार ८ सय ७१ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। उनका अनुसार सन् २०२३ को डिसेम्बरमा मात्रै ९६ हजार ५ सय ६६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्।

२०२३ को जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुई सय ५५, मार्चमा ९९ हजार चार सय २८, अप्रिलमा ९८ हजार सात सय ७४, मेमा ७७ हजार सात सय दुई, जुनमा ७२ हजार दुई सय ४८, जुलाईमा ५७ हजार सात सय २५, अगष्टमा ६७ हजार एक सय ५३, सेप्टेम्बरमा ९१ हजार १२, नोभेम्बरमा एक लाख ८ हजार ६ सय ३० र डिसेम्भरमा ९६  हजार ५ सय ६६ पर्यटकले नेपाल भ्रमण गरेका छन्।

कोभिडअगाडि सन् २०१९ मा नेपाल भ्रमणमा आउने पर्यटको संख्या करिब १२ लाख थियो। नेपालको पर्यटन इतिहासमा सबैभन्दा बढी ११ लाख ९७ हजार १ सय ९१ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए।

यसैगरी २०२० मा २ लाख ३० हजार ८५, २०२१ मा १ लाख ५० हजार ९ सय ६२ र सन् २०२२मा ६ लाख १४ हजार ८ सय ६९ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए। 

सन् २०२२ को तुलनामा सन् २०२३ मा  ४ लाख २ जना बढी पर्यटक नेपाल भ्रमणमा आएका हुन। जुन संख्या सन् २०२२ को तुलनामा ४० प्रतिशतले बढी हो।

tourist a.png


प्रकाशित : सोमबार, पुस १६ २०८०१२:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend