सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सुनचाँदीको मूल्य स्थिर, प्रतितोला कतिमा हुँदैछ कारोबार?

सोमबार, पुस १६ २०८०
सुनचाँदीको मूल्य स्थिर, प्रतितोला कतिमा हुँदैछ कारोबार?

आइतबार प्रतितोला एक हजार चार सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

काठमाडौं- सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ। आइतबार प्रतितोला दुई सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २० हजार पाँच सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ९ सय रूपैयाँ कायम छ। सुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने लगातार दुई दिनदेखि स्थिर छ। आइतबार प्रतितोला एक हजार चार सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।


प्रकाशित : सोमबार, पुस १६ २०८०११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend