शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

‘मध्यम जहाजको ठूलो खबर’ सन् २०२४ मा उड्डयन क्षेत्रमा के आउला नयाँ?

मंगलबार, पुस १७ २०८०
‘मध्यम जहाजको ठूलो खबर’ सन् २०२४ मा उड्डयन क्षेत्रमा के आउला नयाँ?

धेरै रेन्ज न्यून इन्धन खपतले गर्दा अतिरिक्त लाभदायक हुने एयरबसको विश्वास रहेको छ। वाइडबडी जहाजको तुलनामा ४५ प्रतिशत ट्रिप लागत न्यून हुने बताइएको छ।

काठमाडौं- कोरोना महामारीपछि सन् २०२४ मा विश्वव्यापी रुपमा पर्यटनले लय समात्ने धेरै अनुमान आएका छन्। विभिन्न बजार अनुसन्धान संस्थाले सन् २०२४ मा पर्यटनको हिसाबले सुखद हुने अनुमान गरेका छन्। 

महामारीको समयमा पेन्डिङमा रहेका ट्रिप प्लान यो वर्ष सक्रिय हुने र यसले संख्या पनि बढाउने धेरैको अनुमान छ। विश्वमा देखिएको भूराजनीतिक तनाव र आर्थिक अनिश्चितताकै बीचमा लोकप्रिय गन्तव्य भरिभराउ हुने छ। 

पर्यटन यद्योगको एउटा मुख्य क्षेत्र उड्डयनमा पनि यो वर्ष धेरै नयाँ र सुखद समाचारको अनुमान धेरैको छ। जहाज उत्पादकहरूले जहाजको डेलिभरी बढाउनेछन्, एयरलाइन्सको उडान संख्या थपिनेछन् र विमानस्थलमा झन आधुनिक प्रविधिको प्रयोग बढ्ने छ। 

यसमध्येको उड्डयनमा एयरबसको एउटा जहाज विशेष पर्खाइको विषय रहेको छ। ‘ए २२१ नियो’ परिवारको एउटा जहाज सन् २०२४ को हटकेक हुने अनुमान गरिएको छ। 

सिट क्षमतामा न्यारोबडीभन्दा थोरै बढी तर रेन्जमा भने वाइडबडीकै जति हुने मानिएको यो जहाज उड्डयन उद्योगमा निकै चासोका साथ हेरिएको छ। ‘ए३२१ एक्सएलआर’ सिरिजको यो जहाज लामो दूरीमा प्रत्यक्ष उडान हुने जहाजको सिट १८० देखि २२० सम्म हुने छ। 

११ घण्टासम्को उडान सिधै गर्नसक्ने यो जहाजले ३० प्रतिशत प्रतिसिट इन्धन न्यून खपत गर्ने एयरबसको दाबी छ। १०१ टन टेकअफ वेट हुने यो जहाजमा १६ हजार लिटर अतिरिक्त इन्धन क्षमता र ४ हजार ७०० नटिकल माइलको रेन्ज हुनेछ। 

धेरै रेन्ज न्यून इन्धन खपतले गर्दा अतिरिक्त लाभदायक हुने एयरबसको विश्वास रहेको छ। वाइडबडी जहाजको तुलनामा ४५ प्रतिशत ट्रिप लागत न्यून हुने बताइएको छ। 

वाइडबडीको जस्तै सुविधा र क्याबिन फिचर्सले यात्रुलाई अझ उत्साह थप्ने र अपरेटरलाई अतिरिक्त लाभ दिने विश्वास गरिएको यो जहाज सन् २०२४ को उत्तरार्धदेखि व्यावसायिक उडानमा आउने विश्वास छ। 

उड्डयनको क्षेत्रमा यो वर्ष विमानस्थल तथा एयरलाइन्सहरूले आधुनिक फिचर्स आउनेछन्। दुबई विमानस्थलमा नयाँ आधुनिक टर्मिन सञ्चालनमा आउनेछ। नयाँ आउने विमानस्थल टर्मिनलहररूमा अत्याधिक प्रविधिले सम्पन्न हुनेछन्। 

त्यस्तै विश्वका धेरै सम्पन्न अर्थतन्त्रमा कागजी बोर्डिङ पास अबदेखि हटाउँदै जाने देखिएको छ। यो वर्षदेखि कागजी बोर्डिङ पासको खारेजी अझ तीव्र हुने देखिएको छ। 


प्रकाशित : मंगलबार, पुस १७ २०८००७:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend