सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

ग्लोबल आईएमई बैंकद्वारा सातै प्रदेशमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

आइतबार, पुस १५ २०८०
ग्लोबल आईएमई बैंकद्वारा सातै प्रदेशमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

बैंकले चितवनको भरतपुर महानगरपालिका-८, शरदपुरको गौरीगंज स्वास्थ्य चौकीमा उक्त शिविर आयोजना गरेको हो। शिविरमा दुई सयभन्दा बढी महिलाहरुले आफ्नो स्वास्थ्य चेकजाँच गरेका छन्।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

बैंकले चितवनको भरतपुर महानगरपालिका-८, शरदपुरको गौरीगंज स्वास्थ्य चौकीमा उक्त शिविर आयोजना गरेको हो। शिविरमा दुई सयभन्दा बढी महिलाहरुले आफ्नो स्वास्थ्य चेकजाँच गरेका छन्।

यही पुस १७ गते मंगलबारदेखि ग्लोबल आईएमई बैंक १७औँ वर्ष पूरा गर्दैछ। उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ। 

शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरणलगायतका सेवाहरु निःशुल्करुपमा उपलब्ध हुनेछन्।

प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ।

ग्लोबल आईएमई बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरुको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ।


प्रकाशित : आइतबार, पुस १५ २०८०१७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend