शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेपाली हवाई इतिहासमा अन्तर्राष्ट्रिय यात्रुको संख्यामा कीर्तिमान

आइतबार, पुस १५ २०८०
नेपाली हवाई इतिहासमा अन्तर्राष्ट्रिय यात्रुको संख्यामा कीर्तिमान

काठमाडौं-  नेपालको हवाई इतिहासमा सन् २०२३ सबैभन्दा बढी अन्तर्राष्ट्रिय हवाई यात्रुले यात्रा गर्ने वर्ष बन्ने निश्चित भएको छ। सन् २०२३ को ११ महिनामा नै नेपालको तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई यात्रा गर्ने यात्रुको संख्या अहिलेसम्मकै सबैभन्दा बढी भएको छ।

नेपालको इतिहासमा कोभिडअगाडि सन् २०१९ मा ४१ लाख ३८ हजार ४ सय ८२ जनाले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका थिए। नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको तथ्यांकअनुसार सन् २०२३ को नोभेम्बरसम्ममा नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या ४१ लाख ५४ हजार ३ सय ९३ रहेको छ।

सन् २०२३ को ११ महिनामा मै २०१९ को कीर्तिमान तोडिएको हो। सन् २०२३ को ११ महिनामा अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने संख्या सन् २०२२ को सोही अवधिको भन्दा ४१ प्रतिशतले बढी हो। 

सन् २०२३ को ११ महिनमा काठमाडौं विमानस्थलबाट मात्रै यात्रा गर्नेको संख्या ४१ लाख १७ हजार ९ सय ९१ रहेको छ। बाँकी यात्रु भने पोखरा र गौतम बुद्धबाट यात्रा गर्ने रहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सन् २०२२ मा ३४ लाख ८८ हजार ३ सय २८ जनाले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्। सन् २०२१ मा १४ लाख ८२ हजार ३ सय ५ जनाले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका थिए। यसैगरी २०२० मा ११ लाख ५ हजार १ सय ५९ जनाले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका थिए।

कोरोनाअगाडि सन् २०१९ मा भने ४१ लाख ३८ हजार ४ सय ८२ जना यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका थिए। सन् २०२२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुँदै २४ हजार ३ सय १२ वटा उडान तथा अवतरण भएको थिए। जसमा १२ हजार १ सय ५४ टेक अफ र १२ हजार १ सय ५८ ल्यान्ड भएका थिए। सन् २०२३ को ११ महिनमा नै २८ हजार ५ सय ८८ उडान तथा अवतरण भइसकेको छ। 


प्रकाशित : आइतबार, पुस १५ २०८०१७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend