शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नरपानीमा बढे पर्यटक

आइतबार, पुस १५ २०८०
नरपानीमा बढे पर्यटक

नरपानी कपिलवस्तु गोरुसिङ्गेबाट ५० किलोमिटरको दुरीमा पर्छ। नरपानीमा हाल गंगा सरोवर निर्माण गरी पर्यटकलाई डुंगा सयर गराउने उद्देश्यले नगरपालिकाले योजना बनाएको छ।

अर्घाखाँची- नरपानी चिसो हावा र चिसो पानीका कारण प्रसिद्ध छ। यहाँको मौसम बाह्रै महिना चिसो हुन्छ। यहाँबाट हिमाल र पहाडको मनमोहक दृश्य देख्न पाइने भएकाले भारतबाट समेत पर्यटक आउने गरेका छन्। मनोरम दृश्यले भरिपूर्ण नरपानी केही वर्षयता वनभोजस्थलका रुपमा विकसित हुँदै गएको छ।

नरपानीमा कपिलवस्तु, रुपन्देही, दाङ, नवलपरासी, बाँके र बर्दियाबाट दैनिक हजारौँ सङ्ख्यामा मानिस आउने गरेका छन्। विशेषगरी बिदा र शनिबारका दिन यहाँ झण्डै ५० देखि एक सय वटा समूह आउने गरेको सन्धिखर्क नगरपालिका वडा-६ का अध्यक्ष श्रीधर महत्रा क्षेत्रीले बताए।

नरपानी कपिलवस्तु गोरुसिङ्गेबाट ५० किलोमिटरको दुरीमा पर्छ। नरपानीमा हाल गंगा सरोवर निर्माण गरी पर्यटकलाई डुंगा सयर गराउने उद्देश्यले नगरपालिकाले योजना बनाएको छ। गंगा सरोवरमा नेपाली झण्डा राख्ने र अन्य संरचना निर्माण भइरहेको नगरपाकिलाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए।

नजिकैको प्रसिद्ध सुपा देउराली मन्दिरमा बलीका रुपमा पाठापाठी चढाउने र यसरी बली दिइएका पाठापाठी नरपानीमा बसेर प्रसाद खाने चलन रहेको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठको भनाइ छ। विशेष गरी मनोकामना पूरा हुने विश्वासका सुपा देउरालीमा पाठापाठी भाकल गर्ने चलन छ। 

मन्दिरमा हाल दैनिक पाँच सयदेखि तीन हजारसम्मले दर्शन गर्ने गरेको सुपा देउराली मन्दिर संरक्षण समितका सचिव हरि खनालले बताए। मन्दिरको दर्शनका लागि भारतको उत्तर प्रदेश, विहारबाटसमेत भक्तजन आउने गरेको उनको भनाइ छ। रासस


प्रकाशित : आइतबार, पुस १५ २०८०१५:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend