शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

१० वर्षभित्रै वार्षिक ३५ लाख पर्यटक भित्र्याउन सकिन्छ : सीईओ रेग्मी

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस १५ २०८०
१० वर्षभित्रै वार्षिक ३५ लाख पर्यटक भित्र्याउन सकिन्छ : सीईओ रेग्मी

सीईओ रेग्मीले सन् २०२३ मा राखेको लक्ष्यभन्दा बढी पर्यटक भित्रिएको उल्लेख गर्दै आगामी वर्ष कोभिडको समयको भन्दा अगाडिको पर्यटक आगमन दरमा पुगिने दाबि गरे।

काठमाडौं- नेपालले आगामी १० वर्षभित्रै वार्षिक ३५ लाख पर्यटक भित्र्याउन सकिने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले बताएका छन्। 

नेपाल पर्यटन बोर्डले आफ्नो स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पर्यटनको विकासमा सबैको हातेमालो हुनुपर्नेमा जोड दिएका छन्। 

पर्यटन बोर्डले स्थापनासँगै नेपालको पर्यटन प्रवर्द्धनमा मुख्‍य भूमिका खेलेको उल्लेख गर्दै सीईओ रेग्मीले सन् २०२३ मा राखेको लक्ष्यभन्दा बढी पर्यटक भित्रिएको उल्लेख गरे। उनले आगामी वर्ष कोभिडको समयको भन्दा अगाडिको पर्यटक आगमन दरमा पुगिने दाबि गरे। 

यस्तै होटल संघ नेपालकी निवर्तमान अध्यक्ष सिर्जना राणाले पर्यटनबाटै नेपालबाट बाहिरिएको युवावर्ग रोक्न सकिनेतर्फ नेपाल सरकारले ध्यान दिन नसकेको बताएकी छिन्। काम गर्नुपर्ने संस्थाले काम नगर्दा पर्यटन क्षेत्र अगाडि बढ्न नसकेको उनले बताइन्। 

यस्तै पर्यटन व्यवसायी योगेन्द्र शाक्यले सबै क्षेत्र सँगै मिलेर काम गर्ने हो भने पर्यटक भित्र्याउन गाह्रो नहुने बताए। यसअघि पनि पर्यटनका लागि सबै राजनीतिक दल एक ठाउँमा आएर काम गरेको उल्लेख गर्दै उनले फेरि पनि पर्यटनका लागि नै सरकार, सबै दल र निजी क्षेत्र एक ठाउँमा आउनुपर्ने बताए। 

अहिले पर्यटन क्षेत्र एक ठाउँमा नहुँदा पर्यटनले गति लिन नसकेको उनले बताए। विगतमा बोर्ड गठन पनि एक ठाउँमा उभिँदा सफल भएकाे बताउँदै उनले बोर्डमा अहिले विभिन्न क्षेत्रबाट आक्रमण भएकाे बताए।


प्रकाशित : आइतबार, पुस १५ २०८०१४:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend