बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

गैरिटाँड-कमलबजार-बासकाँडा सडकको शिलान्यास, लागत ६९ करोड ४३ लाख

images
शनिबार, पुस १४ २०८०
images
गैरिटाँड-कमलबजार-बासकाँडा सडकको शिलान्यास, लागत ६९ करोड ४३ लाख

गैरिटाँड-कमलबजार-बासकाँडा सडक खण्डको २३ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा पिके निर्माण सेवाले पाएको छ।

images
images

अछाम- कैलाली-चिसापानी-जंगलघाट-बडिमालिका-गैरिटाँड-कमलबजार-बास्काँडा सडकअन्तर्गत गैरिटाँड-कमलबजार बासकाँडा खण्डको २३ किलोमिटर सडक कालोपत्र आयोजनाको शिलान्यास गरिएको छ।

images
images
images

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले सडक कालोपत्र आयोजनाको शिलान्यास गरेका हुन्।डडेल्धुरा, डोटी, अछाम र बाजुरा जिल्लामा सुदूरपश्चिम प्रदेश सरकारबाट सञ्चालित विकास निर्माण आयोजनाको स्थलगत निरीक्षण गर्ने कार्यक्रमअनुसार आज अछाम आइपुगेका मन्त्री देउवाले सुदूरपश्चिम प्रदेश सरकारको गौरवको आयोजना उक्त सडकको शिलान्यास गर्दै उक्त आयोजना अछामका बासिन्दाको समृद्धिसँग जोडिएको बताए। उनले सबै आयोजना निर्धारित समयभित्रै पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।

images
images

गैरिटाँड-कमलबजार-बासकाँडा सडक खण्डको २३ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा पिके निर्माण सेवाले पाएको छ। उक्त आयोजनाको लागत ६९ करोड ४३ लाख ५३ हजार रूपैयाँ छ। रासस

images
images


प्रकाशित : शनिबार, पुस १४ २०८०१७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend