शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बाक्लो हुस्सुले भैरहवासहित तराईका चार विमानस्थलमा उडान प्रभावित

शनिबार, पुस १४ २०८०
बाक्लो हुस्सुले भैरहवासहित तराईका चार विमानस्थलमा उडान प्रभावित

बाक्लो हुस्सुका कारण सिमरा, जनकपुर, भरतपुर र भैरहवाको उडान प्रभावित भएको हो। ती चार विमानस्थलमा आज पनि कुनै उडान भएनन्।

काठमाडौं- प्रतिकूल मौसमका कारण भैरहवासहित तराईका चार विमानस्थलको उडान प्रभावित भएको छ ।

तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्यस क्षेत्रको हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। 

विमानस्थलका प्रवक्ता सुवास झाले बाक्लो हुस्सु/कुहिरोका कारण तराईका विमानस्थलहरु सिमरा, जनकपुर, भरतपुर र भैरहवाको उडान प्रभावित भएको हो। ती चार विमानस्थलमा आज पनि कुनै उडान भएनन्।

भैरहवा विमानस्थलमा हिजो शुक्रबार पनि कुनै आन्तरिक उडान भएन। शुक्रबार नै प्रतिकूल मौसमका कारण धेरैजसो विमान कम्पनीले निर्धारित उडान रद्द गरेका थिए।

विशेषगरी हिउँदमा तराईका विमानस्थलमा बाक्लो हुस्सु लाग्नाले आन्तरिक उडान प्रभावित हुने गरेको छ। रासस


प्रकाशित : शनिबार, पुस १४ २०८०१५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend