बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

दुई वर्षअघि बनिसक्नुपर्ने स्वास्थचौकी भवन अझै बनेन, अलपत्र काम सक्न निर्माण कम्पनीलाई ताकेता

images
शनिबार, पुस १४ २०८०
images
दुई वर्षअघि बनिसक्नुपर्ने स्वास्थचौकी भवन अझै बनेन, अलपत्र काम सक्न निर्माण कम्पनीलाई ताकेता

उक्त कम्पनीले भ्याटबाहेक सात करोड ४० लाख ८४ हजार २ सय ९६ रूपैयाँमा पाँच स्वास्थ्यचौकीको भवन निर्माणको ठेक्का पाएको हो।

images
images

खोटाङ- ऐसेलुखर्क गाउँपालिका-१ राखाबाङ्देलस्थित स्वास्थ्यचौकी भवन ठेकेदारको लापरबाहीले अलपत्र परेको छ।

images
images
images

दुई वर्षअघि नै बनिसक्नुपर्ने उक्त भवन ठेकेदार कम्पनी गौरी पार्वती न्यु टेक्निकलको चरम ढिलासुस्ती तथा लापरबाहीका कारण अलपत्र परेको हो। भुइँतलाको पर्खालमा प्लाष्टर गरिसकिएको भवनको माथिल्लो तलामा भने पर्खाल नै निर्माण भएको छैन।

images
images

गौरी पार्वती न्यू टेक्निकल जेभीले २०७८ फागुन २७ सम्ममा सम्पन्न गर्नेगरी २०७७ मङ्सिर ११ गते स्वास्थ्यचौकी भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो। पटकपटक थप भएको म्याद गुज्रिँदा पनि निर्माण कम्पनीले भवनको बाँकी काम गरेको छैन।

images
images

उक्त कम्पनीले काम पूरा नगरेकामा आक्रोशित सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुंगाका  प्रमुख प्रभाकर कर्णले कम्पनीलाई कारबाही गर्नुको विकल्प नरहेको बताए। अब पनि काम भएन भने कारबाही गर्छौँ भनेर अन्तिम पटक ताकेतापत्र पठाइएको प्रमुख कर्णले जानकारी दिए।

गौरी पार्वती न्यू टेक्निकल जेभीले भ्याटबाहेक सात करोड ४० लाख ८४ हजार २ सय ९६ रूपैयाँमा पाँच स्वास्थ्यचौकीको भवन निर्माणको ठेक्का पाएको हो। रासस


प्रकाशित : शनिबार, पुस १४ २०८०१२:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend