सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

१७औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा ग्लोबल आईएमई बैंकको प्रभातफेरि

शनिबार, पुस १४ २०८०
१७औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा ग्लोबल आईएमई बैंकको प्रभातफेरि

पुस १७ गतेदेखि ग्लोबल आईएमई बैंक आफ्नो स्थापनाको १६ वर्ष पूरा गरी १७औँ वर्षमा प्रवेश गर्दैछ।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा शनिबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ।

आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्य-मुख्य सहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो। 

यही पुस १७ गतेदेखि ग्लोबल आईएमई बैंक आफ्नो स्थापनाको १६ वर्ष पूरा गरी १७औँ वर्षमा प्रवेश गर्दैछ। काठमाडौंमा आयोजित प्रभात फेरिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्यहरु, बैंक उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीहरुको उपस्थिति रहेको थियो। 

वित्तीय साक्षरता तथा बैंकिङ शिक्षामूलक प्लेकार्ड तथा ब्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरुले काठमाडौंको कान्तिपथस्थित शाखा कार्यालयबाट हिँड्दै सहरको मुख्य-मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौं उपत्यका बाहिर मुख्य-मुख्य सहरहरु परिक्रमा गरेका थिए। 

ग्लोबल आईएमई बैंकले मुलुकका ७७ वटै जिल्लामा रहेको शाखा सञ्जालबाट करिब ४५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। ३ सय ५५ शाखा, ३ सय ७९ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ। 


प्रकाशित : शनिबार, पुस १४ २०८०१२:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend