शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

'निजगढ विमानस्थल नेपालका लागि अपरिहार्य'

शुक्रबार, पुस १३ २०८०
'निजगढ विमानस्थल नेपालका लागि अपरिहार्य'

काठमाडौं- पूर्वपर्यटन मन्त्रीहरू, पूर्वाधार विज्ञ तथा राजनितिक दलका नेताहरूले नेपालका लागि पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको बताएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरण ट्रेड युनियनले आयोजना गरेको एभिएसन मिट २०२३ मा मुख्य वक्ता रहेका प्राधिकरणका पूर्वमानिर्देशक वीरेन्द्रबहादुर देउजाले नेपालको लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नै फूलफेजको विमानस्थल हुने बताएका छन्।

त्रिभुवन विमानस्थल अहिले नै स्याच्युरेसनमा परिसकेको साथै गौतम बुद्ध र पोखरा विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थल नामकरण भएपनि केही सीमितताका कारण फूलफेजको विमानस्थल हुन नसक्ने उनको तर्क छ।

उनले विमानस्थल निर्माणका लागि अहिले सञ्चालनमा नै रहेको ३ वटा विमानस्थल सञ्चालनको लागि निर्माण कम्पनीलाई नै दिएर भएपनि निजगढमा काम गर्नुपर्ने बताए।

सोही कार्यक्रममा पूर्वपर्यटनमन्त्री योगशकुमार भट्टराईले पनि निजगढ निर्विकल्पको रहेको बताएका छन्। यसका साथै अन्य विमानस्थल पनि नियमित सञ्चालनमा हुने उनको भनाइ छ। उनले चिनियाँ र भारतीय जोयन्ट भेन्जरलाई दिएर भएपनि निजगढ विमानस्थल निर्माण गर्नु पर्ने बताए। उनले 'विश्वमा विमानस्थल बन्दा रुख काटिएको छ तर यहाँमात्रै किन विरोध हुने' भनेर प्रश्न गरेका छन्।

पर्यटनमन्त्री सुदन किरातीले पनि अहिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विरोध गर्नेले नै १० वर्षपछि राज्यलाई हुने नोक्सानी र धोकाको जिम्मेवारी लिनु पर्ने बताएका छन्। उनले विमानस्थल निर्माण गर्दा सरकारले वातावरणको विषयमा समेत ध्यान दिने बताए।

साथै पूर्वाधारविज्ञ सुर्यराज आचार्याले पनि नेपालका लागि निजगढ विमानस्थल अपरिहार्य रहेको बताएका छन्।

कार्यक्रमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद मनिष झाले पनि नेपाललाई एउटा फूलफेजको विमानस्थल चाहिने बताएका छन्।

यसैगरी अन्तर्राष्ट्रय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव, पूर्वअर्थराज्य मन्त्री तथा सांसद उदयशमशेर जबरा, सांसद एकनाथ ढकाल, पूर्वपर्यटनमन्त्री तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा कर्णाली प्रदेशका सांसद जीवनबहादुर शाहीले समेत निजगढ विमानस्थल अपरिहार्य भएको बताएका छन्।


प्रकाशित : शुक्रबार, पुस १३ २०८०१९:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend