सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

वाईवाईको ट्रेडमार्क नक्कल नगर्न करेन्टविरुद्ध आदेश

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस १३ २०८०
वाईवाईको ट्रेडमार्क नक्कल नगर्न करेन्टविरुद्ध आदेश

काठमाडौं- उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरेर करेन्ट चाउचाउ उत्पादन र बिक्री गर्न रोक लगाएको सीजी फुड्सले जनाएको छ।

यशोदा फुड्सद्वारा उत्पादित करेन्ट चाउचाउले वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरी वाईवाईजस्तै देखिने र्‍यापर प्रयोग गरेर उपभोक्तालाई भ्रममा पार्ने काम गरेको भन्दै मुद्दा परेको थियो। उच्च अदालत पाटनको इजलासले पुस ११ गते यशोदा फुड्सलाई यस्तो कार्य नगर्न अन्तरकालीन आदेश जारी गरेको हो।  

यशोदा फुड्सले वाईवाईको ट्रेडमार्क नक्कल गरी उपभोक्तालाई भ्रमित पार्ने काम गरेपछि सीजी फुड्स उक्त कार्य तत्काल रोक्ने माग गर्दै अदालत गएको थियो। चार दशक लगाएर वाईवाईले नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत आर्जन गरेको ख्यातीलाई दुरूपयोग गर्न र उपभोक्तालाई झुक्याउने नियतले यशोदा फुड्सले वाईवाईको ट्रेडमार्क नक्कल गरेको थियो। 

अदालतले यशोदा फुड्सको उक्त आवेदन नं. ०९८२२२ को दर्ता प्रकृयालाई समेत रोक्न उद्योग विभागलाई आदेश दिएको छ। अदालतको यस आदेशले वाईवाईको नक्कल गरी बजारमा पठाइएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने भएको सीजी फुड्सले विज्ञप्तीमार्फत जनाएको छ। 


प्रकाशित : शुक्रबार, पुस १३ २०८०१२:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend