सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सनसिल्क दसैँ भाइब्सका विजेता घोषणा

बिहीबार , पुस १२ २०८०
सनसिल्क दसैँ भाइब्सका विजेता घोषणा

यसपटकको प्रतियोगितामा चार हजार चार सय ८५ जनाले सहभागीता जनाएका थिए।

काठमाडौं- 'सनसिल्क दसैँ भाइब्स ३' का विजेता घोषणा गरिएको छ। युनिलिभरको ब्राण्ड सनसिल्कले तीन उत्कृष्ट सजिना खनाल, सुस्मिता बन्जरा र विजया प्रधानलाई बुधबार विजेता घोषणा गरेको हो।

हरेक विजेताले एक लाख रूपैयाँसहित अर्को वर्षको सनसिल्कको प्याकमा प्रस्तुत हुने मौका र सनसिल्क ग्याङ अफ गर्ल्सको हिस्सा हुने अवसर पाएको कम्पनीले जनाएको छ।

युनिलिभर नेपालका मार्केटिङ प्रमुख सौरभ करन्जीतले सनसिल्क व्यापक रुपमा वितरण हुनुका साथै लाखौँ उपभोक्ताले रुचाएको बताए। उनले भने, 'हामी ब्राण्ड र हाम्रा उपभोक्ताहरु स्थानीय चाडपर्व र संस्कृतिसँग जोडिएको हेर्न चाहन्छौँ। सनसिल्क दसैँ भाइब्स र सनसिल्क ग्याङ अफ गर्ल्सद्वारा हाम्रो यही चाहना पूरा गर्ने प्रयास रहेको छ।'

सनसिल्कले 'सनसिल्क दसैँ भाइब्स' नामक डिजिटल अभियान २०२१ देखि थालनी गरेको थियो। यसपटकको प्रतियोगितामा चार हजार चार सय ८५ जनाले सहभागीता जनाएका थिए। 

 


प्रकाशित : बिहीबार , पुस १२ २०८०१३:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend