सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

तोलामै १३ सय रूपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार , पुस १२ २०८०
तोलामै १३ सय रूपैयाँले बढ्यो सुनको मूल्य

चाँदी आज तोलामा १५ रूपैयाँले बढेर प्रतितोला एक हजार चार सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १३ सय रूपैयाँले बढेको छ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २२ हजार रूपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २१ हजार चार सय रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि आज बढेको छ। महासंघका अनुसार चाँदी आज तोलामा १५ रूपैयाँले बढेर प्रतितोला एक हजार चार सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , पुस १२ २०८०११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend