सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

हिमालयन डिष्टिलरीको सिल्भर ओक बजारमा, ओक सिरिजमा अर्को एक नयाँ ब्राण्ड

बिहीबार , पुस १२ २०८०
हिमालयन डिष्टिलरीको सिल्भर ओक बजारमा, ओक सिरिजमा अर्को एक नयाँ ब्राण्ड

सिल्भर ओक हाल ७ सय ५० एमएल, ३ सय ७५ एमएल र १ सय ८० एमएलका बोतलहरूमा बजारमा उपलब्ध छ।

काठमाडौं- नेपाली मदिरा उद्योगमध्येको एक अग्रणी कम्पनी हिमालयन डिष्टिलरी लिमिटेडले सिल्भर ओक नामक ह्वाइट स्पिरिटमा नयाँ ब्राण्डको मदिरा बजारमा लञ्च गरेको छ।

ओक सिरिजलाई विस्तारित रुपमा बजारमा परिचित गराउने क्रममा कम्पनीले नयाँ उत्पादन बजारमा ल्याएको हो। हिमालयन डिष्टिलरीले गोल्डेन ओक, ब्ल्याक ओक र ब्लु ओकजस्ता चर्चित ब्राण्डहरु यसअघि नै नेपाली बजारमा ल्याइसकेको छ।

कम्पनीका अनुसार प्रत्येक ओक ब्राण्डले उपभोक्ताको फरक स्वादप्रतिको रुचीको प्रतिनिधित्व गर्छ, जुन उपभोक्ताहरू माझ लोकप्रिय रहेका छन्। यस नयाँ उत्पादन सिल्भर ओकले उपभोक्तामाझ फरक स्वाद र अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।

'हामी उपभोक्ताहरूलाई नयाँ अनुभव दिन चाहन्छौँ, त्यसैले हामीले ब्राण्ड विस्तार गरेका छौँ', नयाँ उत्पादनबारे सीईओ निरज सुवेदीले भने, 'सिल्भर ओकले उपभोक्तालाई छुट्टै स्वाद प्रदान गर्नुको साथै बजारमा हाम्रो उपस्थितिलाई उल्लेखनीय रुपमा बढोत्तरी हुनेमा हामी विश्वस्त छौँ।'

सिल्भर ओक टुवेल-कोलम डिस्टिलेसनबाट उत्पादित ग्रेन ईएनए ब्लेन्डबाट उत्पादन गरिएको उनले जानकारी दिए। सिल्भर ओकलाई स्मुथ फिनिसिङका लागि क्राफ्ट गरिएको ब्राण्ड म्यानेजरले बताए।

हाल सिल्भर ओक ७ सय ५० एमएल, ३ सय ७५ एमएल र १ सय ८० एमएलका बोतलहरूमा बजारमा उपलब्ध छ।


प्रकाशित : बिहीबार , पुस १२ २०८०११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend