सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

एभरेष्ट बैंकका ग्राहकलाई एएसजी आई केयरमा १० प्रतिशतसम्म छुट

बुधबार, पुस ११ २०८०
एभरेष्ट बैंकका ग्राहकलाई एएसजी आई केयरमा १० प्रतिशतसम्म छुट

साथै पहिलोपटक रजिष्ट्रेसन तथा ओपीडी शुल्क नलाग्ने र एक पटकको लागि १५ दिनभित्रको फलोअपसमेत नि:शुल्क हुने बैंकले जनाएको छ।

काठमाडौं- एभरेष्ट बैंक र नयाँ बानेश्वरमा रहेको एएसजी आई केयर हेल्थ सर्भिसेस् प्रालिबीच छुट सम्झौता भएको छ।

सम्झौताअनुसार बैंकका ग्राहक र कर्मचारीसँगै तिनका परिवारले समेत उक्त आँखा अस्पताल तथा भारतमा रहेको एक सय ४० वटै शाखाबाट समेत विभिन्न सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। साथै पहिलोपटक रजिष्ट्रेसन तथा ओपीडी शुल्क नलाग्ने र एक पटकको लागि १५ दिनभित्रको फलोअपसमेत नि:शुल्क हुने बैंकले जनाएको छ।

बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहकहरु रहेका छन्। बैंकले देशैभरि रहेका आफ्नो १ सय २८ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ सय ६४ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ। 


प्रकाशित : बुधबार, पुस ११ २०८०१७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend