सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

महालक्ष्मी विकास बैंकका ग्राहकले यी संस्थाहरुमा पाउनेछन् विशेष छुट

बुधबार, पुस ११ २०८०
महालक्ष्मी विकास बैंकका ग्राहकले यी संस्थाहरुमा पाउनेछन् विशेष छुट

काठमाडौंको न्यूरोडमा रहेको एन्जल ज्वेलरीमा ४० प्रतिशत र भैरहवामा रहेको गाउँले चुलोमा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ।

काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ।

सम्झौताअनुसार मकवानपुरको हेटौँडामा रहेको भुंग्रो थकालीमा बैंकका डेविट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। यस्तै काठमाडौंको न्यूरोडमा रहेको एन्जल ज्वेलरीमा ४० प्रतिशत र भैरहवामा रहेको गाउँले चुलोमा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ।

बैंकका ग्राहकले हेटौँडामा रहेको पल्पसा प्याराडाइजमा खानामा १० प्रतिशत र कोठामा १५ प्रतिशत छुट पाउनेछन् भने हेटौँडाकै  क्विक २० हाउस होटलमा पनि सोही सुविधा प्राप्त गर्न सक्नेछन्। बैंकले काठमाडौंको सुन्धारामा रहेको एक्सप्रेस म्याग्दी होटलमा पनि १० प्रतिशत छुट पाउनेगरी सम्झौता गरेको छ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्षरुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ। साथै  बैंकले डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। 


प्रकाशित : बुधबार, पुस ११ २०८०१७:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend