सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

तोलामा दुईसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

बुधबार, पुस ११ २०८०
तोलामा दुईसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

चाँदी आज तोलामा १० रूपैयाँले घटेर प्रतितोला १४ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। मंगलबार तोलामा ६ सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला दुई सय रूपैयाँले बढेको हो।

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख २० हजार सात सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २० हजार एक सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार चाँदी आज तोलामा १० रूपैयाँले घटेर प्रतितोला १४ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बुधबार, पुस ११ २०८०११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend