शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

गति र रुट अध्ययनका लागि एक सय सार्वजनिक सवारीमा जीपीएस डिभाइस जडान गरिँदै

मंगलबार, मंसिर १४ २०७८
गति र रुट अध्ययनका लागि एक सय सार्वजनिक सवारीमा जीपीएस डिभाइस जडान गरिँदै

विभागले पहिलो चरणमा एक वटा सवारीमा जडान गरी परीक्षण गर्न लागको हो। पहिलो चरणमा विभागले यो जडान नि:शुल्क गर्ने भएको छ। 

काठमाडौं- सरकारले एक सय वटा सार्वजनिक सवारी साधनमा जीपीएस डिभाइस जडान गर्ने भएको छ।

यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको गति तथा रुट लगायतको विषयमा अनुगमन गर्ने उद्देश्यसहित जीपीएस भेइकल ट्रर्‍याकिङ प्रणालीको विकास गरी कार्यान्वयनमा लैजाने तयारी गरेको हो।

यसका लागि विभागले पहिलो चरणमा एक वटा सवारीमा जडान गरी परीक्षण गर्न लागको हो। पहिलो चरणमा विभागले यो जडान नि:शुल्क गर्ने भएको छ। 

विभागले काठमाडौं-जनकपुर, काठमाडौं-विरगञ्ज र काठमाडौं-पोखरा रुटमा चल्ने एक सय सार्वजनिक सवारीमा जीपीएस डिभाइस जडान गर्ने लागेको हो। यसका लागि जो पहिले विभागमा दर्ता हुन आउँछन् उसलै पाउनेसमेत विभागको भनाइ छ।

के-के चाहिन्छ कागजपत्र?

- सम्बन्धित यातायात व्यवसायी प्रमाणपत्र

- सवारी दर्ता प्रमाणपत्र

- सवारी चालक परिचय पत्र (लाइसेन्स) साथै नेपाली नागरिकताको प्रमाण पत्र।

 


प्रकाशित : मंगलबार, मंसिर १४ २०७८०७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend