शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

हेटौँडामा आइसरको रि-सेल मेला

images
मंगलबार, पुस १० २०८०
images
हेटौँडामा आइसरको रि-सेल मेला

यसअघि आइसरले आफ्ना ग्राहकलाई लक्षित गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग क्यासलेस इन्स्योरेन्ससम्बन्धी सम्झौता गरेको छ।

images
images

काठमाडौं- हेटौँडामा आइसरको रि-सेल मेला आयोजना गरेको छ। नेपालका लागि आइसर कमर्सियल भेहिकलको एकमात्र आधिकारिक वितरक बतास एमएडब्लू कमर्सियल भेहिकल प्रालिले आफ्ना ग्राहकको मागलाई लक्षित गर्दै हेटौँडामा रि-सेल मेलाको आयोजना गरेको हो। 

images
images
images

पुस ८ देखि सुरु भएको मेलाको आज अन्तिम दिन हो। आइतबार एक कार्यक्रमका बीच नेपाल ट्रक यातायात महासंघ र नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, नेपाल निर्माण व्यवसायी संघ, मकवानपुरका अध्यक्ष बालगोपाल कँडेल, हेटौडा उप-महानगरपालिका प्रतिनिधि विजय पुडासैनी र बतास एमएडब्लु प्रालिका तर्फबाट रि-सेल प्रमुख परीक्षण धिमालले संयुक्तरूपमा रिबन काटेर मेलाको औपचारिक उद्घाटन गरेका थिए।

images
images

महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले आइसर ट्रकको विशेषता र ग्राहकले रुचाउनुका प्रमुख कारण उल्लेख गर्दै यसको माइलेज विशेष र पावर उत्कृष्ट रहेको जानकारी दिए। यस्तो मेलाले मध्यम वर्गका ग्राहकले पनि सजिलै स्वरोजगार भइ आत्मानिर्भर हुने जानकारी उनले दिए। साथै चालकलाई लक्षित गरी २५ लाख रूपैयाँको आकस्मिक बीमाले थप ऊर्जा दिने समेत बताए।

images
images

आइसरले आफ्ना ग्राहकको आवश्यकतालाई महसुस गर्दै यस्ता किसिमका कार्यक्रम समयसापेक्ष ल्याउने गर्दछ। सोहीकारण नेपालसहित विश्वबजारमा आइसर ग्राहकको पहिले रोजाइ बन्दै आइरहेको कम्पनीले जनाएको छ।

यसअघि आइसरले आफ्ना ग्राहकलाई लक्षित गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग क्यासलेस इन्स्योरेन्ससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ। क्यासलेस योजनामार्फत दुर्घटना भएको खण्डमा आइसर मोटर्सका गाडीका खरिदकर्ताहरू बतास एमएडब्लूका आधिकारिक सर्भिस सेन्टरहरूमा सिधै गइ गाडी मर्मत वा बीमा रकम दाबी गर्न सक्नेछन्।

क्यासलेस इन्स्योरेन्सअन्तर्गत ग्राहकले सवारीसाधन दुर्घटनामा परेको खण्डमा सोझै आइसरको आधिकारिक वर्कसपमा गई मर्मत गराउन सक्नेछन् र ग्राहकले बिमा रकम बाहेकको रकम मात्र तिर्नुपर्ने हुन्छ। बाँकी रकम बिमा कम्पनी र बतास एमएडब्लूबीच कारोबार हुनेछ।


प्रकाशित : मंगलबार, पुस १० २०८०१२:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend