सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

एनएमबि बैंकको मोबाइल बैंकिङ एपबाट हेटौँडा खानेपानीको महसुल तिर्न सकिने

मंगलबार, पुस १० २०८०
एनएमबि बैंकको मोबाइल बैंकिङ एपबाट हेटौँडा खानेपानीको महसुल तिर्न सकिने

एनएमबि बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ।

काठमाडौं- एनएमबि बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एपबाटै हेटौँडा खानेपानीको महसुल तिर्नसक्ने भएका छन्। बैंकले  हेटौँडा खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरी उक्त सुविधा ल्याएको हो।

हेटौँडा उपमहानगरपालिकाको नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा हेटौँडा खानेपानी कार्यालयमा आयोजित कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय र खानेपानी बोर्डका अध्यक्ष प्रताप बिष्टबीच सम्झौता आदानप्रदान भएको बैंकले जनाएको छ।

एनएमबि बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ।

बैंकले हाल देशभरका दुई सय एक शाखा कार्यालय, एक सय ६७ एटीएमहरु र १२ एक्सटेन्सन काउन्टरहरुमार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।


प्रकाशित : मंगलबार, पुस १० २०८०११:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend