सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

तोलामा ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार, पुस १० २०८०
तोलामा ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले बढेको छ।

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार प्रतितोला ६ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २० हजार पाँच सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ९ सय रूपैयाँ कायम छ। 

आज चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले वृद्धि भएको छ। चाँदी आज प्रतितोला एक हजार चार सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 


प्रकाशित : मंगलबार, पुस १० २०८०११:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend