शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

दैनिक सवा लाख लिटर दूध बिक्री गर्ने डीडीसीले कर्णाली प्रदेशमा उद्योग खोल्दै

images
मंगलबार, मंसिर १४ २०७८
images
दैनिक सवा लाख लिटर दूध बिक्री गर्ने डीडीसीले कर्णाली प्रदेशमा उद्योग खोल्दै

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)ले कर्णाली प्रदेशमा पनि उद्योग स्थापना गर्ने भएको छ।

images
images

काठमाडौं- सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले कर्णाली प्रदेशमा पनि उद्योग स्थापना गर्ने भएको छ।

images
images
images

संस्थानले अहिले बाँकेको कोहलपुरमा उत्पादन भएको दूध तथा दुग्धजन्य पदार्थ सुर्खेतमा काउन्टर स्थापना गरेर बिक्री गरिरेहेको छ। 

images
images

‘सर्खुेतमा अहिले नेपालगञ्ज दुग्ध वितरण आयोजनबाट नै काम भइरहेको छ,’ महाप्रबन्धक रुदप्रसाद पौडेलले भने, ‘ दैनिक ५ हजारदेखि १० हजार लिटसम्मको दूध प्रशोधन गर्ने सक्ने क्षमताको उद्योग स्थापनका लागि तयारी भएको छ।’

images
images

उनका अनुसार काउन्टरबाट बिक्री र दूध संकलन भइरहेको छ। त्यहाँ संकलन भएको दूध अहिले पनि कोहलपुर उद्योगमा ल्याएर प्रशोधन भइरहेको छ। अब भने प्रदेश सरकारको सहकार्यमा छिन्चुमा उद्योग सञ्चालन गरेर त्यही दूध प्रशोधन गर्ने गरी काम अघि बढेको पौडेलले बताए।

‘कर्णाली प्रदेशमा उपस्थित छैन। त्यहाँ पनि केही गर्नु पर्छ भनेर प्रदेश सरकारसँग सहकार्य गर्ने विषयमा छलफल भइरहेको छ। छिन्चुमा जग्गा प्राप्त भएको छ,’ पौडेलले भने, ‘अहिले पनि त्यहाँ दूध संकलन केन्द्र छ। त्यहाँ संकलन भएको दूध पनि कोहलपुरमा आएर नै प्रशोधन हुन्छ। कम्तिमा ५/१० हजार लिटर दूध दैनिक प्रशोधन गर्न सक्ने कटेज उद्योग सञ्चालन गर्ने तयारी भएको छ। कम्तिमा पनि प्रतिघण्टा हजार लिटर दूध प्रशोधन हुने उद्योग सञ्चालन तयारी भएको छ।’

अहिले पनि सुर्खेतको काउन्टरबाट दूध, दही घ्यु पनिर चिज बिक्री भइरहेका छ। कोहलपुरको उत्पादनसँग काठमाडौंको उत्पादनसमेत लगेर बिक्री गरिरहेका उनको भनाइ छ। यसैगरी दाङमा पनि काउन्टर स्थापना गरेर कोहलपुरकै उत्पादन बिक्री भइरहेको संस्थानको भनाइ छ।

साथै डीडीसीले धनगढीको अतरियामा पनि उद्योग सञ्चालन गरी रहेको छ। अतरिया दुग्ध वितरण आयोजनबाट पनि दैनिक ४ हजारदेखि ४५ सय लिटर दूध बिक्री गरिरहेका छ।

यसैगरी संस्थानले विराटनगर, हेटौडा, जनकपुर, काठमाडौं र लुम्बिनीमा रहेको उद्योग समेत ७ वटा वितरण आयोजनाबाट दैनिक १ लाख २५ हजार लिटरसम्म दूध बिक्री गरिरहेको छ। सोही क्रममा डीडीसीले पोखरा र सुर्खेतमा बजार विस्तार गर्न लागेको हो।


प्रकाशित : मंगलबार, मंसिर १४ २०७८०७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend