शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

जापानको 'जोजिरुशी' का उत्पादन आफ्नो ट्रेड कन्सर्नले नेपाल भित्र्यायो, लबिम मलमा शोरुम

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस ९ २०८०
images
जापानको 'जोजिरुशी' का उत्पादन आफ्नो ट्रेड कन्सर्नले नेपाल भित्र्यायो, लबिम मलमा शोरुम
images
images

काठमाडौं- जापानको प्रसिद्ध 'जोजिरुशी' का उत्पादनहरु नेपालमा औपचारिक बिक्री सुरु भएको छ। आफ्नो ट्रेड कन्सर्न प्रालिले 'जोजिरुशी' का उत्पादनहरु नेपालमा भित्र्याएको हो।

images
images
images

सन् १९१८ मा स्थापना भएको जोजिरुशीले सुरुमा व्याकुम इन्सुलेसन बोटलहरुको निर्माण गरेर आफ्नो यात्रा सुरु गरेको थियो। आफ्ना उत्पादनहरुमा विविधता थप्दै जोजिरुशीले राइस कुकर, ब्रेडमेकिङ मेसिन र आधुनिक समाजका लागि चाहिने अन्य किचन अप्प्लाइन्सेसहरुको उत्पादन गर्दै आएको छ।

images
images

जोजिरुशीका उत्पादनहरु विक्री गर्न आफ्नो ट्रेड कन्सर्नले सोमबारबाट ललितपुरको पुल्चोकमा रहेको लबीम मलको एल-६ मा  स्टोर सञ्चालनमा ल्याएको छ। उक्त स्टोरमा उपभोक्ताहरुले आफैले समान निरीक्षण गर्न र समानहरु प्रयोगको बारेमा स्टोरमा कार्यरत कर्मचारीबाट आवस्यक जानकारी लिन सक्ने आफ्नो ट्रेड कन्सर्नले जानकारी दिएको छ।

images
images

जोजिरुशीका मुख्य उत्पादनहरुमा राइसकुकर, ब्रेडमेकिङ मेसिन,पानी खाने बोतल, भ्याकुम इन्सल्टेड मग र बोतल, जार लगायतका रहेका छन्। सय बर्षभन्दा लामो इतिहास बोकेको कम्पनीबाट उत्पादित प्रडक्टहरु गुणस्तरीय, स्वास्थमैत्री र टिकाउ रहेको आफ्नो ट्रेड कन्सर्नले जनाएको छ।

यसका उत्पादनहरु जापान, अमेरिका, सिंगापुर, यूरोपलगायत विश्वका प्रमुख बजारहरुमा समेत उपलब्ध छन्। आफ्नो ट्रेड कन्सर्नले हाल बिभिन्न प्रकारका राइसकुकर, ब्रेडमेकिङ मेसिन लगायतका सामाग्री आयात गरि नेपाली उपभोक्तालाई उच्चगुणस्तरका वस्तुहरुको बिक्रिवितरण सुरु गरेको जानकारी दिएको छ।


प्रकाशित : सोमबार, पुस ९ २०८०१८:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend