सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न, रुबीले जितिन् प्रथम पुरस्कार

सोमबार, पुस ९ २०८०
शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न, रुबीले जितिन् प्रथम पुरस्कार

प्रथम बनेकी रुबी कर्णले नगद ७५ हजार रूपैयाँ पुरस्कार पाएकी छिन्। दोस्रो हुनेलाई ५० हजार र तेस्रोलाई २५ हजार पुरस्कार प्रदान गरिएको छ।

काठमाडौं- विजय लक्ष्मी मिडिया फाउन्डेसनको सहकार्यमा शौर्य सिमेन्टले आयोजना गरेको मिथिला लोक चित्रकला प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। 

'मिथिला चित्रकला मधेसक शान, एहिके उजागर करब शौर्यक' अभियान मूल नाराका साथ सुरु गरिएको यो प्रतियोगितामा तिन जना विजेता घोषित भएका छन् भने अन्य १२ जनालाई सान्तवना पुरस्कार प्रदान गरिएको छ।

उक्त प्रतियोगितामा पहिलो हुनेमा सप्तरीकी मिथिला चित्रकार रुबी कर्ण, दोश्रो हुनेमा महोतरीकी नेहा कुमारी, तेश्रो हुनेमा धनुषा जनकपुरधामकी बिना कर्ण रहेकी छिन्। प्रतियोगितामा प्रथम हुनेलाई नगद ७५ हजार, दोश्रो हुनेलाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको छ। साथै बाँकी १२ जनालाई सान्त्वना पुरस्कार नगद ११ हजारसहित सम्मान पत्र प्रदान गरिएको थियो।

तेश्रो चरणको कार्यक्रममा सहभागी १५ जनाले शौर्य सिमेन्ट उद्योगको पर्खालमा मिथिला चित्रकला बनाएका थिए। प्रतियोगितामा निर्णायकको भूमिकामा मिथिला चित्रकार शयाम सुन्दर यादव, मिथिला चित्रकार सुनैना ठाकुर र मिथिला देवी थिए।

शौर्य सिमेन्टका प्लान्ट हेड गुरु दयाल सिंहको अध्यक्षता र मधेस प्रदेशकी उद्योग तथा पर्यटनमन्त्री सुनिता यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादव, कर्जन्हा नगरपालिकाका नगर प्रमुख भोला पोखरेल, वरिष्ठ साहित्यकार राजेन्द्र बिमल, लोक कोकिला रशिम रानीलगायतको सहभागीता थियो।


प्रकाशित : सोमबार, पुस ९ २०८०१५:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend