सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

ग्लोबल आईएमई बैंकद्वारा मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

आइतबार, पुस ८ २०८०
ग्लोबल आईएमई बैंकद्वारा मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

स्थापनाकाल देखिनै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरुको आयोजना गरिरहेको यस बैंकले अरु ६ वटा प्रदेशहरुमा यही पुस महिनामा शिविरहरु सञ्चालन गर्ने जनाएको छ।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ।

यही पुस १७ गते मंगलबारदेखि ग्लोबल बैंक १७औँ वर्षमा प्रवेश गर्दैछ। उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न गइरहेको छ।

शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु- महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरणलगायतका सेवाहरु निःशुल्करुपमा उपलब्ध गराउने छन्। प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ।

यसअन्तर्गत, बैंकले पुस ४ गते बुधबार सुदूरपश्चिम प्रदेशमा बाजुरा जिल्लाको गौमुल गाँउपालिका वडा नं. २, दहकोट स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ। जसमा १७० भन्दा बढि महिलाहरुको स्वास्थ्य जाँच गरेको थियो। 

यसैगरी, बैंकले अरु ६ वटा प्रदेशहरुमा यही पुस महिनामा शिविरहरु सञ्चालन गर्नेछ। जसअन्तर्गत बैंकले बागमती प्रदेशमा भरतपुर महानगरपालिका वडा नं ०८ चितवनस्थित गौरीगञ्ज स्वास्थ्य चौकी, शरदपुरमा पुस १३ गते शुक्रबार सञ्चालन गर्नेछ।

यस्तै बैंकले लुम्बिनी प्रदेशमा रैनादेवी छहरा गाँउपालिका वडा नं. ३, पाल्पा स्थित छहरा स्वास्थ्य चौकीमा पुस १७ गते मंगलबार, कर्णाली प्रदेशमा विरेन्द्रनगर नगरपालिका वडा नं. १३, सुर्खेतस्थित जर्बुट्टा स्वास्थ्य चौकीमा पुस १८ गते बुधबार, गण्डकी प्रदेशमा अन्नपूर्ण गाँउपालिका वडा नं. ६ म्याग्दीस्थित पोखरेबजार आधारभूत विद्यालयमा पुस २१ शनिबार र कोशी प्रदेशमा इलाम नगरपालिका वडा नं. ४, इलामस्थित मलाटे स्वास्थ्य चौकीमा पुस २८ गते शनिबार स्वास्थ्य निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी रहेको जनाएको छ।

स्वास्थ्य शिविर ग्रामीण तथा अर्धसहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरुमा सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ।

ग्लोबल आईएमई बैंकले स्थापनाकाल देखिनै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरुको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ।


प्रकाशित : आइतबार, पुस ८ २०८०१८:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend