बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न इन्जिनियरिङ एसोसिएसनको माग

images
आइतबार, पुस ८ २०८०
images
इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न इन्जिनियरिङ एसोसिएसनको माग

एसोसिएसनको मागपत्रमा निजी तथा गैरसरकारी क्षेत्रले सरकारी स्केलको कम्तीमा ८५ प्रतिशत तलब सुविधा दिनुपर्ने नीतिगत व्यवस्था गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उल्लेख छ।

images
images

काठमाडौं- इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न नेपाल इन्जिनियरिङ एसोसिएसनले माग गरेको छ।

images
images
images

निजी क्षेत्रमा काम गर्ने इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न आइतबार पत्रकार सम्मेलन गर्दै एसोसिएसनले सरकारसँग माग गरेको हो। सरकारी र निजी क्षेत्रमा कार्यदल बनाएर गरिएको अध्ययनअनुसार न्यूनतम ३७ हजार एक सय ३५ रूपैयाँ पारिश्रमिक हुनुपर्ने एसोसिएसनले जनाएको छ।

images
images

न्यूनतम पारिश्रमिक तय नहुँदा शोषणमा परेका इन्जिनियरहरू विदेश पलायन हुने भन्दै एसोसिएसनका अध्यक्ष हरिबहादुर दर्लामीले दक्ष जनशक्तिको पलायनलाई न्यूनीकरण गर्न पनि न्यूनतम पारिश्रमिक तोकिनुपर्ने तर्क गरे।

images
images

एसोसिएसनको मागपत्रमा निजी तथा गैरसरकारी क्षेत्रले सरकारी स्केलको कम्तीमा ८५ प्रतिशत तलब सुविधा दिनुपर्ने नीतिगत व्यवस्था गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उल्लेख छ।


प्रकाशित : आइतबार, पुस ८ २०८०१६:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend