सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो

आइतबार, पुस ८ २०८०
सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो

सुनको मूल्य आज प्रतितोला एक सय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले घटेको छ।

काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ।

आइतबार प्रतितोला एक सय रूपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ९ सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ३ सय ५० रूपैयाँ कायम छ।

चाँदीको मूल्य आज प्रतितोला १० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला एक हजार ४ सय ७५ रूपैयाँ तोकिएको छ। 

 


प्रकाशित : आइतबार, पुस ८ २०८०११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend