बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

स्वदेशमै रोजगारीको वातावरण बनाउन कर्णालीका युवाको माग

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस ८ २०८०
images
स्वदेशमै रोजगारीको वातावरण बनाउन कर्णालीका युवाको माग

पछिल्लो समय वैदेशिक रोजगारीका कारण असुरक्षा र आपराधिक घटना बढ्दै गएको भन्दै उनीहरूले त्यसतर्फ पनि सचेत हुनुपर्नेमा जोड दिएका छन्।

images
images

काठमाडौं- सुर्खेत वीरेन्द्रनगर-३ का मानकुमारी विकका ३० वसन्त बितेका छन्। उनी बेलाबेलामा वैदेशिक रोजगारीका निम्ति भारत जान्छिन्। उनी पाककलामा पारङ्गत छिन् तर भारतमा निर्माण मजदूरका रूपमा श्रम बेच्छिन्। उनको सीपको स्वदेशमा सदुपयोग नहुँदा बाध्यतावश विदेशिनु परेको छ।

images
images
images

छोराछोरीको शिक्षा, दीक्षा र लालनपालनका लागि भारत जानुको विकल्प आफूसँग नरहेको मानकुमारी बताउँछिन्। उनले भने, ‘मैले होटेल सञ्चालन गर्न ‘कुक’को काम जानेको छु तर लगानी गर्ने ल्याकत नहुँदा विदेशिनुपर्ने बाध्यता छ सीप भएर मात्र नहुने रहेछ।’

images
images

स्वदेशमै व्यवसाय गर्ने वातावरण बनाउन मानकुमारी सरकारसँग माग गर्छिन्। ‘म स्देशमै बसेर आफूले जानेको सीप प्रयोग गर्न चाहन्छु। त्यसका लागि मलाई सहयोग चाहिएको छ, यसमा वीरेन्द्रनगर नगरपालिकाले ध्यान दिनुपर्यो’, उनले भनिन्। मानकुमारीजस्तै वडा नं ३ की धना नेपालीले पनि सिलाइबुनाइसम्बन्धी सीप जानेका छिन्। उनले पनि आफ्नो सीप प्रयोग गर्ने वातावरण पाएकी छैनन्।

images
images

धनाको परिवारको आर्थिक अवस्था कमजोर छ। रोगका कारण श्रीमान् काम गर्न नसक्ने अवस्थामा छन्। घरपरिवारको जिम्मेवारी धनाको काँधमा छ। स्वदेशमै रोजगारीका लागि अनेक प्रयास गरे पनि नपाएपछि उनी पनि भारतमै गएर रोजगारी गर्छन्। चार छोराछोरी, रोगी श्रीमान्का लागि धनाले भारतमा मजदुरी गर्नुको विकल्प छैन।

‘मैले सिलाइबुनाइको काम जानेको छु तर यहाँ काम नपाउँदा भारतमा मजदुरी गर्न बाध्य छु। एक वर्ष दुःख गरेर भर्खरै आएकी हुँ, उता कमाइ राम्रो हुँदैन, आफूले जानेको सीपको स्वदेशमै उपयोग गर्ने वातावरण बनाइदिनुपर्यो’, धनाले राज्यको ध्यानाकर्षण गराउँदै भनिन्।

धनामात्रै होइन अन्य युवाले स्वदेशमै गरिखाने वातावरण सिर्जना गरिदिन सरकारसँग माग गरेका छन्। उनीहरूले नजानेकालाई सीप सिकाउने र सीप जानेकालाई काम गर्ने वातावरण सृजना गर्न माग गरेका हुन्।

विश्व आप्रवासन दिवसका अवसरमा वीरेन्द्रनगरमा शनिबार भएको एक कार्यक्रममा सहभागी युवाले सीप र उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्न सके स्वदेशमै स्वरोजगार बन्न सकिने बताए।

पछिल्लो समय वैदेशिक रोजगारीका कारण असुरक्षा र आपराधिक घटना बढ्दै गएको भन्दै उनीहरूले त्यसतर्फ पनि सचेत हुनुपर्नेमा जोड दिएका छन्। वैदेशिक रोजगारीमा पुरुषभन्दा महिला बढी सुरक्षा जोखिममा रहेका सहभागीको भनाइ थियो।


प्रकाशित : आइतबार, पुस ८ २०८०१०:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend