सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

नेप्स लगातार दोस्रो वर्ष 'भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३' बाट सम्मानित

शनिबार, पुस ७ २०८०
नेप्स लगातार दोस्रो वर्ष 'भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३' बाट सम्मानित

भिसाद्वारा आयोजित लिडरसिप कन्क्लेभ २०२३ मा नेप्सले पेमेन्ट प्रोसेसिङमा उत्कृष्टताका लागि उक्त अवार्ड प्राप्त गरेको हो। गत वर्ष पनि नेप्स सोही अवार्डबाट सम्मानित भएको थियो।

काठमाडौं- नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) 'भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३' बाट सम्मानित भएको छ।

भिसाद्वारा आयोजित लिडरसिप कन्क्लेभ २०२३ मा नेप्सले पेमेन्ट प्रोसेसिङमा उत्कृष्टताका लागि उक्त अवार्ड प्राप्त गरेको हो। गत वर्ष पनि नेप्स सोही अवार्डबाट सम्मानित भएको थियो।

उक्त समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, अमेरिकी दूतावासका राजनीतिक तथा आर्थिक प्रमुख मार्क टेम्पलर अतिथिको उपस्थिति थियो।

अवार्ड ग्रहण गर्दै नेप्सका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले अन्तर्राष्ट्रियस्तरको यो दोस्रो सम्मानले नेप्सले गरेका कामहरुको उचित मूल्यांकन भएको बताए। उनले नेप्सले आफ्ना सदस्य बैंकहरुद्वारा झन्डै ६० लाख बैंक ग्राहकहरुलाई अन्तर्राष्ट्रियरूपमा उपलब्ध हुने भुक्तानीका सेवाहरु नेपालमै दिइरहेको कुराले गर्व महसुस भएको बताए।

१२ वटा बैंक तथा वित्तीय संस्थाहरुद्वारा संस्थापित एवं सञ्चालित नेप्स नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालकका पीसीआई एसएससीको बोर्ड अफ एडभाइजरी र पीसीआई डीएसएस भर्जन ४.० तथा पीसीआई पिन प्रमाणित संस्था पनि हो। नेप्सले बैंक तथा वित्तीय संस्थाहरुको लागि कार्डमार्फत विद्युतीय भुक्तानीसम्बन्धी कार्य गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै अन्य सेवाहरु पनि प्रदान गर्दै आइरहेको छ।

हाल नेप्सले ११ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई भिसा, मास्टरकार्ड तथा युनियन पे कार्ड सञ्जालहरुमार्फत कारोबारका लागि होस्टिङ र स्विचिङ सेवासमेत प्रदान गर्दै आइरहेको छ।


प्रकाशित : शनिबार, पुस ७ २०८०१८:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend