बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

प्रधानमन्त्री भन्छन् - तेस्रो कार्यकालमा समग्र राष्ट्रलाई नै उज्यालो बनाउने अभियानमा छु

images
शनिबार, पुस ७ २०८०
images
प्रधानमन्त्री भन्छन् - तेस्रो कार्यकालमा समग्र राष्ट्रलाई नै उज्यालो बनाउने अभियानमा छु

'देशमा समृद्धिका जति काम भएका छन्, तीमध्ये मुख्य काम हाम्रै पालामा भएका छन्। मैले तीनपटक सरकारको नेतृत्व गर्दा केही रणनीतिक महत्वका काम गरेको छु तर हामीले गरेका कामको जस लिन सकिरहेका छैनौँ', उनले भने।

images
images

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दोस्रो प्रधानमन्त्रीत्वकालमा काठमाडौं उपत्यकामा विद्युभार कटौती अन्त्य भएको भन्दै तेस्रो कार्यकालमा समग्र राष्ट्रलाई नै उज्यालो बनाउने अभियानमा आफू जुटेको बताएका छन्।

images
images
images

माओवादी केन्द्रको बुढानीलकण्ठ नगर सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्रीले नेकपा माओवादी सरकारको नेतृत्वमा रहँदा सधै जनपक्षीय काम गर्ने गरेको र त्यसैको निरन्तरतास्वरुप अहिले मुलुकलाई पूर्णरुपमा उज्यालो बनाउने अभियानमा आफू लागेको बताए।

images
images

उनले भने, 'देशमा समृद्धिका जति काम भएका छन्, तीमध्ये मुख्य काम हाम्रै पालामा भएका छन्। मैले तीनपटक सरकारको नेतृत्व गर्दा केही रणनीतिक महत्वका काम गरेको छु तर हामीले गरेका कामको जस लिन सकिरहेका छैनौँ।'

images
images

प्रधानमन्त्रीले आफ्ना तीनवटै कार्यकालमा महत्वपूर्ण काम भए पनि त्यसको स्वामित्व लिन नसकिएको बताए। माओवादीले गरेको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै जनतासँगको सम्बन्धलाई विस्तारमा पार्टी लागेको बताए। उनले भने, 'पहिलो कार्यकालमा गरिब किसानको एक लाख रूपैयाँसम्मको ब्याज र तीस हजारसम्मको साँवा नै मिनाहा गरियो। विकासका विशाल आयोजना सञ्चालन भए। प्रत्येक गाविसमा सहकारी निर्माण गरियो।'

पार्टीको तीनमहिने अभियानबाट जनआधार सुदृढ हुँदै गएको भन्दै आगामी फागुनमा विधान अधिवेशन गरेर पार्टीलाई नयाँ ढंगले अघि बढाइने पार्टी अध्यक्ष दाहालले बताए।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीबाट सञ्चालित तीनमहिने अभियानले जनतामा नयाँ ऊर्जा सञ्चार गरेको बताए। जनस्तरबाट उठेका मागलाई सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उनले सुकुम्बासी समस्या समाधानका निम्ति अनुभूत हुनेगरी काम गर्न सुझाव दिए।

केन्द्रका अर्का नेता विशाल खड्काले बुढानीलकण्ठ नगरको नामकरण गरिएको बुढानीलकण्ठ मन्दिरको ‘ब्राण्डिङ’ गरेर पर्यटक भित्र्याउनुपर्ने बताए। उनले नगरको सुकुम्बासी  समस्या समाधानमा जोड दिए।

त्यस अवसरमा स्थानीयवासीका तर्फबाट धोवीखोला नियन्त्रणलगायत नगरक्षेत्रका समस्या समेटिएको ज्ञापनपत्र प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिएको थियो। रासस


प्रकाशित : शनिबार, पुस ७ २०८०१७:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend