सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

एनआईसी एसिया बैंकले पायो ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड २०२३’

शनिबार, पुस ७ २०८०
एनआईसी एसिया बैंकले पायो ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड २०२३’

बैंकले अन्तर्राष्ट्रियस्तरको अनलाइन भुक्तानी सेवा साइबरसोर्स प्लेटफर्म तथा विभिन्न कार्डहरुबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

काठमाडौं- एनआईसी एसिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल बैंकिङ तथा कार्ड भुक्तानी सेवा प्रदान गरेकोमा प्रतिष्ठित ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३’ प्राप्त गर्न सफल भएको छ।

‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवर्द्धन गरिरहेको एनआईसी एसिया बैंक अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिजाले हरेक वर्ष आयोजना गर्ने ‘भिजा लिडरसिप कन्क्लेभ नेपाल २०२३’ अन्तर्गत ‘एक्सिलेन्स इन साइबरसोर्स प्रोसेसिङ’ र ‘एक्सिलेन्स इन भास प्रोडक्टस्’ बाट सम्मानित भएको हो।

बैंकले अन्तर्राष्ट्रियस्तरको अनलाइन भुक्तानी सेवा साइबरसोर्स प्लेटफर्म तथा विभिन्न कार्डहरुबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

यी सेवाबाट बैंकले ई-कमर्श कम्पनीहरु, एयरलाइन्स, मोबाइल वालेट, ट्राभल्स् एण्ड टुर, हेन्डीक्राफ्ट तथा अन्य व्यवसायिक क्षेत्रका हजारभन्दा धेरै संघसंस्थालाई साइबरसोर्स सेवा उपलब्ध गराएको र मुलुकको बैंक तथा वित्तीय क्षेत्रलाई डिजिटल सेवामा रुपान्तरण गर्ने गरी अन्य भ्यालु एडेड सेवाहरु (भीएएस) उपलब्ध गराउन सफल भएको भन्दै बैंकलाई उक्त अवार्डहरु प्रदान गरिएको बैंकका सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए।

लाखौं ग्राहकहरुमाझ डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ विभिन्न डिजिटल तथा कार्ड सेवाहरु उपलब्ध गराउँदै आएको बैंकले प्राप्त गरेको यस सम्मानले यी सेवाहरुलाई अझ बढी परिस्कृत गर्दै बढीभन्दा बढी ग्राहकहरु तथा मर्चेन्टहरुमा पुर्‍याउन टेवा पुग्ने बैंकले विश्वास लिएको छ।

एनआईसी एसिया बैंकले मुलुकभर ३ सय ६० शाखा कार्यालयहरू, ६ सय ६६ एटीएम, १ सय ११ वटा विस्तारित काउन्टर एवं ५५ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ।


प्रकाशित : शनिबार, पुस ७ २०८०१४:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend