शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

चन्द्रागिरि भ्रमणमा पुगे श्रीलंकाका परराष्ट्रमन्त्री

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ६ २०८०
चन्द्रागिरि भ्रमणमा पुगे श्रीलंकाका परराष्ट्रमन्त्री

काठमाडौं- नेपाल भ्रमणमा रहेका श्रीलंकाका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्री आज शुक्रबार काठमाडौंको चन्द्रागिरि पुगेका छन्। 

आज अपरान्ह चन्द्रागिरि पुगेका परराष्ट्रमन्त्री साब्रीलाई चद्रागिरी हिल्सका अध्यक्ष हेमराज ढकालले स्वागत गरे। साथै अध्यक्ष ढकालले मन्त्री साब्रीलाई त्यहाँको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका बारेमा जानकारी गराए। 

चद्रागिरि हिल्सका निमित्त महाप्रबन्धक श्याम तण्डुकारका अनुसार परराष्ट्रमन्त्री साब्री खुलेको आकाश लहरै देखिएका सुन्दर हिमालका दृश्यले निकै मोहित भएका थिए। उनी विभिन्न स्थानमा सेल्फी खिच्दै रमाए। 

चन्द्रागिरि हिल्स दक्षिण एशियाकै एक महवपूर्ण पर्यटकीय र धार्मिक गन्तव्यका रुपमा विकास भइरहेको छ। सो हिल्समा केबलकार चढेर यसअघि पनि विभिन्न देशका सरकारप्रमुख तथा राष्ट्राध्यक्षका साथै अन्तर्राष्ट्रिय व्यक्तित्वहरु पुगेका थिए। 

यसअघि यहाँ चिनियाँ विदेश मन्त्री वाङ यी पनि पुगेका थिए। विदेशमन्त्री यीले त्यहाँबाट केही तलसम्म ट्रेकिङ पनि गरेका थिए। 


प्रकाशित : शुक्रबार, पुस ६ २०८०१८:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend