सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

नेपालमा सीजी केवाइसी चाइनाका प्रतिनिधि, चितवन सोरुम, सर्भिससाथै चार्जिङ स्टेसन भिजिटमा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस ५ २०८०
नेपालमा सीजी केवाइसी चाइनाका प्रतिनिधि, चितवन सोरुम, सर्भिससाथै चार्जिङ स्टेसन भिजिटमा

चालक सहित ११ जनाले यात्रा गर्न सक्ने यो भ्यान १८० एमएमको ग्राउन्ड क्लियरेन्स भएको कारण केही खराव बाटोमा पनि उत्कृष्ट पर्फमेन्स गर्न सक्षम छ।

काठमाडौं- नेपालमा सर्वाधिक बिक्री हुने कमर्सियल भ्यान केवाइसीका कम्पनी प्रतिनिधिहरु केवाइसीको बजार, सोरुमसाथै चर्जिङ स्टेसन आवलोकन गर्दै चितवन पुगेका छन्। लाइट कमर्सियल सेग्मेन्टमा निकै चर्चित केवाइसी भ्यानको समग्र नेपालको बजार, भ्यान चल्ने रुट, चर्जिङ स्टेसनको विकास साथै भर्खरै खुलेको फ्ल्याग्सिप शोरुम हेर्न चितवन पुगेका हुन्। 

नेपालका लागि सेल्स प्रमुख, सर्भिस साथै आन्य ब्यक्तीहरुको उपस्तिथी रहेको थियो। काठमाडौं सिन्धुली , काठमाडौं चितवन , काठमाडौं हेटौंडा, हेटौंडा वीरगञ्ज, चितवन वीरगञ्ज , काठमाडौंदेखी लामो रुट पूर्व, साथै पश्चिमसम्म सञ्चालन रहेको केवाइसी ११ सिटर   भ्यानमा विश्वकै ठूलो ब्याट्री उत्पादक सीएटीएलले उत्पादन गरेको ४१।८६ किलोवाट आवरको ब्याट्री प्रयोग भएको छ। 

यसमा ५० किलोवाट पीकपावर भएको मोटर छ। गाडीले ५० किलोवाटसम्मको डीसी फास्ट चार्जर र ११ किलोवाट क्षमतासम्मको एसी ९जीवीटी पोर्ट० चार्जर सपोर्ट गर्छ। चालक सहित ११ जनाले यात्रा गर्न सक्ने यो भ्यान १८० एमएमको ग्राउन्ड क्लियरेन्स भएको कारण केही खराव बाटोमा पनि उत्कृष्ट पर्फमेन्स गर्न सक्षम छ।

charg.PNG

यसको लम्बाई ४४ सय ९५ एमएम, चौडाई १६ सय ८० एमएम र उचाई १९ सय ९० एमएम रहेको छ। यसमा २९ सय ३० एमएम लामो ह्वीलवेस रहेको छ। भ्यानमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ। एबीएससहितको सुरक्षा फिचर रहेको भ्यानमा रियर भ्यू क्यामेरा, टायर प्रेसर मोनिटर, रिजेनेरेटीभ ब्रेकिङ, सेन्ट्रल लक, १५ इन्चको अलोय ह्वील जस्ता फिचर छन्। यसको मूल्य ४५ लाख ५० हजार रुपैयाँ रहेको छ।

करिब १ हजारभन्दा धेरै गाडी बिक्री गरिसकेको सीजीले चार्जिङ स्टेसन पनि विस्तारसँगै इलाम, हिले, गाईघाट, वीरगञ्ज, परवानीपुर, लाहान, काठमाडौं, गोङगबु, भक्तपुर, सिन्धुली, सुकुटे, चरिकोट, चौतारा, मन्थली, त्रिशुली, चितवन, हेटौँडा, बुटवल, सुर्खेत, दाङ, कोहल्पुर, चिसापानी कर्णाली, महेन्द्रनगरबाट चार्जिङ सेवा लिन सकिने छ। 

छिट्टै जडान हुने स्थानहरु बिर्तमोड, इटहरी, विराटनगर, हलेसी खोटाङ, ओखल्ढुङ्गा, गाईघाट, खाडीचौर, सिन्धुली, चियाबारी सिन्धुली, चरिकोट, रातमाटे सिन्धुली, नेपालथोक, खोटाङ बजार, रामेछाप, सोलु, राजबिराज, जनकपुर, बर्दिबास, भर्दह, काठमाडौंमा पहेलोपुल, कपन, कोटेश्वर, बालाजु, महाराजगञ्ज, हात्तीवन, बेनिघाट धार्के, धदिङ बजार, पोखरा, डुम्रे, कवसोती, गुल्मी, अर्घाखाँची, राजापुर, भुरिगाउ, कोहल्पुर, चक्चके, चन्द्रौटा, भैरहवा, दाङ, नेपालगन्ज, सुर्खेत, सल्यान, धनगढी, डडेलधुरा, बुदर रहेका छन्। 


प्रकाशित : बिहीबार , पुस ५ २०८०१८:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend