सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३ : सूचना प्रविधिमा महिलाको सम्मान

बिहीबार , पुस ५ २०८०
एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३ : सूचना प्रविधिमा महिलाको सम्मान

यही शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुने इनड्राइभ आईसीटी अवार्ड २०२३ को ग्राण्ड फिनाले कार्यक्रममा ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३’ प्रदान गरिने एनसेलले जनाएको छ।

काठमाडौं- एनसेलले नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने महिलालाई ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३’ बाट सम्मान गर्ने भएको छ।

यो वर्ष यस विधाको अवार्डका लागि कुल ३४ जना मनोनयनमा परेका थिए। यी मनोनयनहरुबाट सूचना प्रविधिको क्षेत्रमा पुर्‍याइएको योगदानका आधारमा तीन चरणको मूल्यांकनपश्चात् अवार्डका लागि ७ जना महिलाहरु छनोटमा परेका छन्।

यही शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुने इनड्राइभ आईसीटी अवार्ड २०२३ को ग्राण्ड फिनाले कार्यक्रममा ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३’ प्रदान गरिने एनसेलले जनाएको छ।

प्रत्येक वर्ष आईसीटी फाउन्डेसन नेपाल र लिभिङ विथ आईसीटीले संयुक्तरुपमा आईसीटी क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने उत्कृष्ट व्यक्तित्वहरु, नवप्रवर्तन र संघ संस्थाहरूलाई आईसीटी अवार्ड प्रदान गर्दै आएको छ। ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३’ प्रदान गर्नका लागि एनसेलले आईसीटी अवार्डसँग सहकार्य गर्दै आएको छ।

महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरुले यो क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) नीतिअनुरुप एनसेलले आईसीटी अवार्डमा आबद्ध भएर यो अवार्ड प्रदान गरिरहेको छ। यो पुरस्कारको राशी नगद ३ लाख रहेको छ।

हरेक वर्ष प्रदान गरिने आईसीटी अवार्डमा आफ्नो सहकार्यलाई निरन्तरता दिँदै, एनसेलले विगत ३ वर्षदेखि महिलाहरूको योगदानलाई सम्मान र प्रोत्साहन गर्दै यो एनसेल वुमन आइकन आईसीटी अवार्ड प्रदान गर्दै आएको छ।

गतवर्ष यो अवार्ड शिला कंसाकार कार्कीलाई प्रदान गरिएको थियो। सन् २०२१ मा गुण केशरी प्रधानले यो अवार्ड पाएकी थिइन्। त्यसैगरी, सन् २०२० मा प्राध्यापक तिमिला यमी थापाले यो अवार्ड पाएकी थिइन्।


प्रकाशित : बिहीबार , पुस ५ २०८०१२:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend