शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

निगम यही संरचनाबाट चलाउने अन्तिम प्रयास हो, नभए व्यवस्थापन करारमा दिने हो : पर्यटनमन्त्री किराती

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस ५ २०८०
निगम यही संरचनाबाट चलाउने अन्तिम प्रयास हो, नभए व्यवस्थापन करारमा दिने हो : पर्यटनमन्त्री किराती

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम पुरानै संरचनाबाट चलाउने अन्तिम प्रयास भइरहेको र यो प्रयास सफल नभए व्यवस्थापन करारमा जाने बताएका छन्। 

नेपाल वायु सेवा निगम सम्बद्ध समसामयिक विषयहरू र निगमको सुधारसहितको भावि कार्ययोजनाका विषयमा प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको छलफलमा मन्त्री किरातीले निगम पुरानै संरचनामा चलाउने यो अन्तिम प्रयास भएको बताएका हुन्। 

'निगमलाई पुरानै संरचनाबाट चलाउने यो अन्तिम प्रयास हो। अहिले विगतका ९ वटा समितिले दिएका सुझावसमेत हेरिरहेका छौँ। यो अन्तिम प्रयासपछि पनि नभए व्यवस्थापन करारमा जाने हो। त्यसका लागि समिति बनाएर काम गरिरहेका छौँ' उनले भने। 

उनले निगममा न्यारोबडी जहाज खरिदका लागि पनि प्रक्रिया अघि बढाउन खोजेको बताएका छन्। चिनियाँ जहाज लिलामीका लागि सूचना जारी भएको बताउँदै उनले दुर्गममा उडान गर्न तीन नयाँ जहाज खरिदको प्रक्रिया भइरहेको बताएका हुन्। 

यस्तै ईयूको कालोसूचीबारे मन्त्री किरातीले अहिले पहिलेभन्दा अवस्था सुधार भएको बताए। '१२ वटा विभिन्न विषयमा सुधार गर्न पत्र आएको छ। निगम, अन्य एयरलाइन्ससहित क्यानले पनि सुधार गर्नमा लागिपरिरहेको छ। यसमा सबैले सहयोग गर्नुपर्छ।'


प्रकाशित : बिहीबार , पुस ५ २०८०११:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend