सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सीएटीएलको अधिकारिक सर्भिस सेन्टर स्थापना गर्ने तयारीमा सीजी मोटर्स

बुधबार, पुस ४ २०८०
सीएटीएलको अधिकारिक सर्भिस सेन्टर स्थापना गर्ने तयारीमा सीजी मोटर्स

साझेदारीअन्तर्गत सीजी मोटर्सले नेपालमा सीएटीएलका लागि आधिकारिक सर्भिस कम्पनीका रूपमा काम गर्नेछ।

काठमाडौं- सीजी मोटर्स विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी ‘सीएटीएल’को नेपालका लागि अधिकारिक सर्भिस सेन्टर स्थापना गर्ने तयारीमा रहेको छ।

नेपाली बजारमा सीएटीएलका ब्याट्रीयुक्त कारको संख्या बढ्दै गएकाले सीजी मोटर्स सर्भिस सेन्टर बनाउने तयारीमा लागेको हो।

कम्पनीले नेपालमा १५ सयभन्दा धेरै गाडी बिक्री गरेको नेटा, लाइट कमर्सियल भेहिकल केवाइसी, किङलङ सम्पूर्ण गाडीहरुमा सीएटीएलकै ब्याट्री जडान भएको छ। विद्युतीय गाडीहरु बिक्रीको प्रमुख हिस्सा रहेको हुनाले सीजीलाई सर्भिस सेन्टरको काम सुरु गर्न निर्देशन गरेको कम्पनीले जनाएको छ।

साझेदारीअन्तर्गत सीजी मोटर्सले नेपालमा सीएटीएलका लागि आधिकारिक सर्भिस कम्पनीका रूपमा काम गर्नेछ।

साथै सीएटीएल ब्याट्रीसँग सम्बन्धित सम्पूर्ण कार्यहरु नेपालमै सेवा दिन सक्नेगरी सीएटीएलको सेवा उपयोग गर्नेछ।


प्रकाशित : बुधबार, पुस ४ २०८०१७:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend