सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

ग्रेटवाल मोटर्सको विन्टर अफर : दि लक्जरी ड्राइभ र गियर अप फर ग्रेट डिल्स

बुधबार, पुस ४ २०८०
ग्रेटवाल मोटर्सको विन्टर अफर : दि लक्जरी ड्राइभ र गियर अप फर ग्रेट डिल्स

जीडब्लूएमको गियर अप फर ग्रेट डिल्स अफरको साथ ग्राहकहरूले जीडब्लूएमका प्रिमियम एसयूभीहरुमा आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, फ्री एक्सेसरिज र निःशुल्क व्यापक बीमासहित धेरै सुविधाहरूको आनन्द लिन सक्नेछन्।

काठमाडौं- नेपालमा ग्रेटवाल मोटर्स जीडब्लूएम सवारी साधनहरूको आधिकारिक बिक्रेता भीजी इम्पेक्स प्रालिले लक्जरी, सेभिङ साथै अन्य फाइदाहरुका साथ विन्टर अफर ल्याएको छ। 

यो सिजनमा यी उत्कृष्ट प्रस्तावहरू लक्जरी ड्राइभको आनन्द लिन चाहने कार उत्साहीहरूलाई विशेष अनुभव प्रदान गर्न डिजाइन गरिएको हो।

दि लक्जरी ड्राइभ : ३ लाखसम्मको फाइदा

लक्जरी ड्राइभ खोज्नेहरूका लागि जीडब्लूएमले दि लक्जरी ड्राइभ प्रस्ताव ल्याएको छ। यो अफरमार्फत विद्युतीय सवारीसाधन खरिद गर्न चाहनले जीडब्लूएमका प्रिमियम र परिष्कारको अनुभव लिन सक्नेछन्, जसमा ३ लाख रुपैयाँसम्मको फाइदाहरू छन्। ९.४९ लाखको डाउन पेमेन्टमा रेट्रो-मोर्डनिस्टिक ओरा ०३ ईभीले वातावरणीय चेतनासँग अत्याधुनिक प्रविधिको संयोजनसहितको पहिले अनुभव नगरिएकोे ड्राइभिङ अनुभव प्रदान गर्ने दाबी कम्पनीको छ। 

गियर अप फर ग्रेट डिल्स : ७ लाख सम्मका फाइदाहरू 

जीडब्लूएमको गियर अप फर ग्रेट डिल्स अफरको साथ ग्राहकहरूले जीडब्लूएमका प्रिमियम एसयूभीहरुमा आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, फ्री एक्सेसरिज र निःशुल्क व्यापक बीमासहित धेरै सुविधाहरूको आनन्द लिन सक्नेछन्।

यो विशिष्ट प्याकेजले ग्राहकहरूलाई आकर्षित गर्नुका साथै पर्याप्त बचत र अतिरिक्त सुविधाहरूको मजा लिन सक्नेछन्। चाहे प्रिमियम एसयूभी होस् वा विद्युतीय सवारी होस् जीडब्लूएमसँग प्राथमिकता र जीवनशैली अनुरूप विभिन्न विकल्पहरू रहेका छन्।

कम्पनी ग्राहकहरूलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्न प्रतिबद्ध छ, र यो अफरहरु त्यस प्रतिबद्धताको प्रमाण हो। लक्जरी ड्राइभ र गियर अप फर ग्रेट डिल्स यस सिजनमा ग्राहकहरूलाई आनन्द र उत्साह प्रदान गर्न विशेष रुपमा तयार पारिएको छ।

जीडब्लूएम नेपालले हाभल एच सिक्स, हाभल जोलायन, ओरा ०३ ईभी पावर र विंगल ५ जस्ता ग्लोवल मोडेलहरुका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ। जीडब्लूएम-नेपालले आफ्नो बजार विस्तार गर्न अत्याधुनिक मोडलहरु र प्रिमियम सुविधाहरु उपलब्ध गराउँदै भावी पुस्ताको अटोमोटिभ चाहनालाई बढावा दिने वाचा गर्दछ। 

भीजी इम्पेक्स नेपालमा ग्रेटवाल मोटरको आधिकारिक आयातकर्ता हो। वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरुमा अत्याधिक सफलताको आनन्द लिएपछि भीजी. इम्पेक्स/ग्रेटवाल मोटर नेपालले यी लोकप्रिय गाडीहरु ल्याउन सफल भएको छ। 

जीडब्लूएम नेपालले आफ्ना बिक्री र बिक्रीपछिको स्तरीय सेवाहरुलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरु थप्दै सेवा सुविधाहरुमा वृद्धि ल्याइरहेको छ। कम्पनीले उपभोक्ताहरुलाई नयाँ र वृहत सेवाहरु प्रदान गर्ने र नेपालको इलेक्ट्रिक भेहिकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको छ।


प्रकाशित : बुधबार, पुस ४ २०८०१३:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend