शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

घाटा लुकाएर आम्दानी विवरण सार्वजनिक गर्दै नेपाल वायुसेवा निगमले फेरि ढाट्यो

मंगलबार, पुस ३ २०८०
घाटा लुकाएर आम्दानी विवरण सार्वजनिक गर्दै नेपाल वायुसेवा निगमले फेरि ढाट्यो

काठमाडौं- नेपाल वायुसेवा निगमले पुनः झुटो आर्थिक विवरण सार्वजनिक गरेको छ। निगमले कोरोनो समयमा गरेको चार्टर्ड उडानको आम्दानीलाई मात्र देखाएर झुटो वित्तीय विवरण सार्वजनिक गरेको हो। कति नाफा वा घाटा भयो भन्ने विवरण भने निगमले लुकाएको छ।

गत वर्षमात्रै ५ अर्ब रुपैयाँभन्दा बढी घाटामा रहेको निगमले कोरोनो समयको आम्दानीलाई १ सय ४४ प्रतिशतले बढेको भन्दै विवरण सार्वजनिक गरेको छ। कोरोनाको समयमा निगमले चार्टर्ड उडान मात्रै गरेको थियो।

निगमकै कारण युरोपेली युनियनको नेपाललाई कालोसूचीबाट नहटाएको तथा घाटा बढ्दो क्रममा रहेको भन्दै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको आलोचना भइरहेका बेला उनले झुटो विवरण सार्वजनिक गरेर दोषबाट पन्छने प्रयास गरेका छन्। 

निगमले आम्दानी गत तीन वर्षमा दोबरभन्दा बढीले वृद्धि भएको जनाएको छ।

लेखापरिक्षण प्रतिवेदनअनुसार निगमको कुल आम्दानी आव २०७७/७८ मा ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रहेको थियो भने आव २०७८/७९ मा १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३ सय ३३ रहेको छ।

त्यसैगरी आव २०७९/८० को प्रारम्भिक कुल आम्दानी २२ अर्ब २४ करोड १९ लाख ७८ हजार देखिएको छ। यसरी हेर्दा निगमले गत ३ वर्षमा आफ्नो आम्दानीमा १४४ प्रतिशतले वृद्धि गरेको जनाएको छ। 

विगत आठ वर्षदेखि निगमका अन्तर्राष्ट्रियतर्फ चारवटा र आन्तरिकतर्फ दुईवटा जहाज उडानमा रहेका छन्। 

नेपाल एयरलाइन्सले हवाई सुरक्षामा चरम लापरबाही गरेको विस्तृत अडिटको निष्कर्ष नेपाल एयरलाइन्सले हवाई सुरक्षामा चरम लापरबाही गरेको विस्तृत अडिटको निष्कर्ष


प्रकाशित : मंगलबार, पुस ३ २०८०१७:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend