सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

कामना सेवा विकास बैंक र सेयरप्रो सेक्युरिटिजबीच फाइभ इन वान सेवा सम्झौता

मंगलबार, पुस ३ २०८०
कामना सेवा विकास बैंक र सेयरप्रो सेक्युरिटिजबीच फाइभ इन वान सेवा सम्झौता

सम्झौतापश्चात् बैंकका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि-आस्वा र मेरो सेयर एकै सेवामार्फत प्राप्त गर्न सक्नेछन्।

काठमाडौं- कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट इजाजतप्राप्त ब्रोकर कम्पनी सेयरप्रो सेक्युरिटिज प्रालिसँगको सम्झौतामा फाइभ इन वान सेवा सार्वजनिक गरेको छ।

यस सम्झौतापश्चात् बैंकका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता (टीएमएस), सि-आस्वा र मेरो सेयर एकै सेवामार्फत प्राप्त गर्न सक्नेछन्। उक्त सेवामार्फत आफ्ना ग्राहकहरुले सरलरुपमा सेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको बैंकले जनाएको छ।

काठमाडौं-३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरुमा १ सय ३५ वटा सञ्जालहरु, २१ शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ। 

साथै, बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ सि-आस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ।


प्रकाशित : मंगलबार, पुस ३ २०८०११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend