शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

कामना सेवा विकास बैंक र सेयरप्रो सेक्युरिटिजबीच फाइभ इन वान सेवा सम्झौता

images
मंगलबार, पुस ३ २०८०
images
कामना सेवा विकास बैंक र सेयरप्रो सेक्युरिटिजबीच फाइभ इन वान सेवा सम्झौता

सम्झौतापश्चात् बैंकका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि-आस्वा र मेरो सेयर एकै सेवामार्फत प्राप्त गर्न सक्नेछन्।

images
images

काठमाडौं- कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट इजाजतप्राप्त ब्रोकर कम्पनी सेयरप्रो सेक्युरिटिज प्रालिसँगको सम्झौतामा फाइभ इन वान सेवा सार्वजनिक गरेको छ।

images
images
images

यस सम्झौतापश्चात् बैंकका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता (टीएमएस), सि-आस्वा र मेरो सेयर एकै सेवामार्फत प्राप्त गर्न सक्नेछन्। उक्त सेवामार्फत आफ्ना ग्राहकहरुले सरलरुपमा सेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको बैंकले जनाएको छ।

images
images

काठमाडौं-३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरुमा १ सय ३५ वटा सञ्जालहरु, २१ शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ। 

images
images

साथै, बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ सि-आस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ।


प्रकाशित : मंगलबार, पुस ३ २०८०११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend