सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

तोलामा दुईसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

मंगलबार, पुस ३ २०८०
तोलामा दुईसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

मंगलबार सुनको मूल्य तोलामा दुई सय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले घटेको छ।

काठमाडौं- सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार दुई सय रूपैयाँले बढेको छ। आइतबार प्रतितोला १३ सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार सामान्य बढेको हो।

मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य भने आज घटेको छ। महासंघका अनुसार सोमबार स्थिर रहेको चाँदी मंगलबार तोलामा पाँच रूपैयाँले घटेर प्रतितोला एक हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

 


प्रकाशित : मंगलबार, पुस ३ २०८०१०:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend