बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

पाँच लाख घुससहित वडाध्यक्ष पक्राउ

images
सोमबार, पुस २ २०८०
images
पाँच लाख घुससहित वडाध्यक्ष पक्राउ

जितपुर सिमरा नगरपालिका-३ का वडाध्यक्ष तारा कार्की पाँच लाख घुससहित एक होटलबाट पक्राउ परेका हुन्।

images
images

बारा- जितपुर सिमरा नगरपालिका-३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको छ। कार्की पाँच लाख घुससहित पक्राउ परेका हुन्।  

images
images
images

वडाध्यक्ष कार्कीलाई जितपुरस्थित जैसवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घुसबापत पाँच लाख नगद रकम लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले बताए। घटनाबारे अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ।

images
images

पक्राउ परेका वडाअध्यक्ष नेकपा (एमाले) पार्टीबाट निर्वाचित भएका थिए। उनी एमाले मधेस प्रदेश कमिटीको सदस्य पदमा रहेका छन्। रासस

images
images


प्रकाशित : सोमबार, पुस २ २०८०१८:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend