बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

स्वास्थ्य बीमामा कोपेमेन्ट लागु गरिँदै, अब उपचार खर्चको १० प्रतिशत बिरामी आफैले तिर्नुपर्ने

images
सोमबार, पुस २ २०८०
images
स्वास्थ्य बीमामा कोपेमेन्ट लागु गरिँदै, अब उपचार खर्चको १० प्रतिशत बिरामी आफैले तिर्नुपर्ने

बीमाको रकम बाँकी रहेको भन्दै बीमाकर्ताले आवश्यक नपर्दासमेत विभिन्न परीक्षणका लागि चिकित्सकलाई दबाब दिने गरेका छन्। कोपेमेन्ट लागु भएसँगै दबाब कम हुने अपेक्षासमेत गरिएको छ।

images
images

चितवन- स्वास्थ्य बीमाका बिरामीले लागत साझेदारी (कोपेमेन्ट) गर्नुपर्ने भएको छ। स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि १० प्रतिशत बिरामीबाट उपचार खर्च लिने गरी कोपेमेन्ट गर्न लागेको हो।

images
images
images

बोर्डका अध्यक्ष डा गुणराज लोहनीका अनुसार बीमा लागु भएका सबै अस्पतालमा कोपेमेन्ट लागु गरिँदैछ। सरकारी, सामुदायिक र निजी सबैखाले अस्पतालमा यो व्यवस्था लागु हुनेछ। लोहोनीले भने, 'यसले राज्यलाई आर्थिक भार कम गर्छ।' उनका अनुसार सबै स्वास्थ्य बीमाले समेट्दै गर्दा अनावश्यक प्रभावमा उपचार हुने गरेको गुनासो आइरहेको थियो।

images
images

बीमाको रकम बाँकी रहेको भन्दै बीमाकर्ताले आवश्यक नपर्दासमेत विभिन्न परीक्षणका लागि चिकित्सकलाई दबाब दिने गरेका छन्। कोपेमेन्ट लागु भएसँगै दबाब कम हुने अपेक्षासमेत गरिएको छ। कोपेमेन्ट लागु भएसँगै आवश्यकताअनुसार थप निजी अस्पताललाई समेत बीमामा समावेश गरिँदैछ। उनले भने, 'थप सेवा कहाँ आवश्यक छ हेरेर निजी र सामुदायिकलाई पनि दिने निर्णय गर्छौँ।'

images
images

अस्पतालमा एक महिनाका लागिमात्रै बीमाका बिरामीलाई औषधि दिने गर्दा भीड हुने गरेको छ। बिरामीलेसमेत दुःख पाउने गरेका छन्। उच्च रक्तचाप, मधुमेह, कोलस्ट्रोल, दमजस्ता रोगको नियमित खानुपर्ने औषधि तीन महिनाका लागि एकैपटक दिने व्यवस्था गरिएको डा लोहनीले जानकारी दिए।

माघ १ गतेदेखि यो व्यवस्था लागु हुनेछ। हाल अस्पतालले बीमाको सेवा दिएर पनि महिनौँ भुक्तानी नपाउँदा समस्या परेको जनाउँदै आएका छन्। डा लोहनीले बीमाको रकम दाबी गरेको एक महिनाभित्रमा भुक्तानी दिने गरी गृहकार्य थालिएको बताए। उनले भने, 'सेवा दिएपछि भुक्तानी दिनुपर्छ, एक महिनाभित्रमा भुक्तानी पाउने व्यवस्था हुन्छ।'

उनका अनुसार नेपालमा ३० लाख हाराहारी परिवार स्वास्थ्य बीमामा जोडिएका छन्। विसं २०७२ मा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा सुरुआत भएको यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले सञ्चालन गर्दै आएको छ। स्वास्थ्य बीमा ऐन, २०७४ जारी भई स्वास्थ्य बीमा नियमावली २०७५ समेत पारित भएर कार्यान्वयनमा आएको छ। रासस


प्रकाशित : सोमबार, पुस २ २०८०१५:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend