सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सुनचाँदीको मूल्य स्थिर

सोमबार, पुस २ २०८०
सुनचाँदीको मूल्य स्थिर

आइतबार प्रतितोला एक हजार चार सय ५५ रूपैयाँ तोकिएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

काठमाडौं- यो साता आइतबार प्रतितोला १३ सय रूपैयाँले बढेको सुनचाँदीको मूल्य सोमबार स्थिर रहेको छ। 

सोमबारका लागि छापावाल सुनको मूल्य एक लाख १७ हजार ८ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार दुई सय ५० रूपैयाँ कायम छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। 

आइतबार प्रतितोला एक हजार चार सय ५५ रूपैयाँ तोकिएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 


प्रकाशित : सोमबार, पुस २ २०८०१०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend